शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कारागारबाट भागेका ५२ कैदीबन्दी प्रहरीको नियन्त्रणमा

सोमबार, ३० भदौ २०८२, १२ : २८
सोमबार, ३० भदौ २०८२

सारांश

  • म्याग्दीको कारागारबाट भागेका ५२ कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • भदौ २५ गते ७६ कैदीबन्दी भागेका थिए, जसमा २४ जना अझै फरार छन्।
  • फरार कैदी भगाउन सहयोग गर्ने ५ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ।

म्याग्दी । म्याग्दीमा कारागारबाट भागेका ५२ कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागारबाट यही भदौ २५ गते बिहान ताला तोडफोड गरेर ७६ कैदीबन्दी भागेका थिए । 
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले आज बिहानसम्म ५२ कैदीबन्दीलाई नियन्त्रणमा लिएको जानकारी दिए । नियन्त्रणमा लिएका कैदीबन्दीलाई कारागार प्रशासनको जिम्मा लगाइएको उनले बताए ।

फरार भएका २४ कैदीबन्दीको खोजीमा प्रहरी टाली परिचालन भएको छ । काठमाडौँबाट भागेर आएका एक र कास्कीबाट आएका दुई जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रहरी निरीक्षक पौडेलका अनुसार कैदीबन्दी भगाउन सहयोग गर्ने पाँच जनालाई पनि पक्राउ गरेर कारागार ऐन २०७९ बमोजिम मुद्दा चलाइएको छ । कारागारमा भएका ८८ जनामध्ये महिला ब्लकमा रहेको छ, पुरुष ब्लकका छ जना बिरामी र हिँड्न नसक्नेबाहेक सबै ताला तोडेर भागेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप