इजरायलले कतारमा गरेको आक्रमणबारे छलफल गर्न रुबियोले भेटे नेतन्याहु
सारांश
- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुलाई भेटेका छन्।
- भेटघाटको मुख्य एजेन्डा इजरायलले कतारमाथि गरेको आक्रमणको विषय थियो।
- कतारमाथि इजरायलको आक्रमणको विषयलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा आलोचना भएको थियो।
तेल अभिभ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुलाई भेटेका छन् । जेरुसेलममा भइरहेको यो भेटघाटको मुख्य एजेन्डा इजरायलले कतारमाथि गरेको आक्रमणको विषय भएको बताइएको छ ।
गएको हप्ता इजरायलले कतारमा रहेका हमासमा वरिष्ठ नेताहरूलाई निशाना बनाएर हवाई आक्रमण गरेको थियो । यो आक्रमणको अन्तर्राष्ट्रिय स्तरबाट आलोचना भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यसको आलोचना गरेका थिए । आक्रमणप्रति ट्रम्प खुसी नभएपछि अगाडि बढेर अब के गर्ने भन्ने कुरा खुट्याउन जरुरी भएको रुबियोले यस अघि भनेका थिए ।
कतारको समर्थन गर्दै खाडी मुलुकहरूले बैठक गर्नै थाल्दा रुबियो र नेतन्याहुबीच भेटघाट भएको हो । आक्रमणपछि कतारका प्रधानमन्त्रीले दोहोरो मापदण्ड अपनाइकन इजरायललाई दण्डित गर्न विश्व समुदायसँग अनुरोध गरेका थिए । कतारमा अमेरिकाको मुख्य हवाई आधार शिविर छ । गाजा युद्ध अन्त्य गर्न यसले इजरायल र हमासको बिचमा मध्यस्थता पनि गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण