बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
अमेरिका

ट्रम्पद्वारा ब्याजदर कटौतीको लागि केन्द्रीय बैङ्कमाथि दबाब

सोमबार, ३० भदौ २०८२, २२ : २७
सोमबार, ३० भदौ २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले फेडरल रिजर्भलाई ब्याजदर कटौती गर्न दबाब दिएका छन्।
  • ट्रम्पले फेडका अध्यक्ष पावेललाई ब्याजदर घटाउन ढिलो गरेको आरोप लगाए।
  • फेडको बैठकमा ब्याजदर २५ आधार बिन्दुले घटाउने अपेक्षा गरिएको छ।

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैङ्क (फेडरल रिजर्भ) मा प्रमुख नीतिगत विषयमा छलफलका लागि बैठक सुरु हुनुभन्दा एक दिन पहिले बैङ्कमाथि दबाब बढाउँदै व्यापक ब्याजदर कटौतीको लागि सोमबार आह्वान गरेका छन् । 

आफ्नै लगानीको सामाजिक सञ्जाल (ट्रुथ सोसल प्लेटफर्म) मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले अहिले नै ब्याजदर घटाउनुपर्ने बताएका हुन्। 

उनले पावेलले दर घटाउन ‘धेरै ढिलो’ भएकोे भन्दै हालैका दिनहरूमा बारम्बार चर्चा गर्दै आएका छन् । 

फेडले बुधबार आफ्नो दुई दिने बैठकको अन्त्यमा प्रमुख ऋण दर २५ आधार बिन्दुले घटाउने अपेक्षा गरिएको छ र सबैको नजरले भेलापछि आउने पावेलको घोषणालाई पर्खिरहेका छन्।

दरदर घटाउने कदमले विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र अमेरिकालाई रोजगार बजार कमजोर भइरहेको अवस्थामा आर्थिक प्रोत्साहन दिनेछ। लामो समय रोजगार बजार कमजोर हुँदा मन्दीको डरलाई बढावा दिन्छ।

यो २०२५ को पहिलो दर कटौती हुनेछ, किनकि फेडले सन् २०२४ डिसेम्बरमा अन्तिम कटौतीपछि ब्याज दरहरू स्थिर राखेको छ। अधिकारीहरूले राष्ट्रपति ट्रम्पको व्यापक कर वृद्धिको घोषणाको प्रभावले मुद्रास्फीतिमा योगदान गर्न सक्ने भन्दै आफ्नो मौद्रिक नीतिलाई पर्ख र हेरको अवस्थामा निगरानी गरिरहेका थिए। 

अमेरिकी मुद्रास्फीति केन्द्रीय बैङ्कको दीर्घकालीन दुई प्रतिशतको लक्ष्यभन्दा उल्लेखनीय रूपमा माथि रहेको छ । कर वृद्धिको प्रभाव अहिलेका लागि सीमित हुने देखिएको छ । 

यसले नीति निर्माताहरूलाई श्रम बजारलाई बढावा दिन केही ठाउँ दिन्छ, किनकि, उनीहरू स्थिर मूल्य कायम राख्ने र अधिकतम रोजगारीको बीचमा कसिलो डोरीमा हिँड्छन्।

बैठक सुरु हुनुभन्दा केही घण्टा अघि आएको राजनीतिक दबाबले  नियुक्तिका लागि करिब पक्का भएको बैङ्कको ‘ह्वाइट हाउस काउन्सिल अफ इकोनोमिक एडभाइजर’का अध्यक्ष स्टेफन मिरानसँगको बैठकबारे चिन्ता सिर्जना गरेको छ ।

अमेरिकी सिनेटमा सोमबार उनको मनोनयन अघि बढाउन मतदान हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप