महिला टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटमा सहभागी हुने टिमको टुङ्गो लाग्यो
मङ्गलबार, ३१ भदौ २०८२, १२ : ५४
सारांश
- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा महिला टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट हुने तय भएको छ।
- छनोट प्रतियोगितामा आयोजक नेपालसहित १० टोलीको सहभागिता रहनेछ ।
- प्रतियोगिता २०२६ जनवरी १२ देखि फेब्रुअरी ५ सम्म नेपालमा हुनेछ, र शीर्ष ४ टोली विश्वकपका लागि छनोट हुनेछन्।
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने महिला टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटमा सहभागी हुने टिमको टुङ्गो लागेको छ । आइसीसीका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपाल सहित १० टोलीको सहभागिता हुनेछ ।
प्रतियोगितामा नेपालसहित आयरल्यान्ड, स्कटल्यान्ड, नेदरल्यान्ड्स, थाइल्यान्ड, अमेरिका, जिम्बावे, बङ्गलादेश, नामिबिया र पपुवा न्युगिनी (पीएनजी) सहभागी हुनेछन् ।
नेपालमा हुने प्रतियोगिता २०२६ जनवरी १२ देखि फेब्रुअरी ५ सम्म हुनेछ । प्रतियोगितामा सहभागी शीर्ष ४ टोलीले इंग्ल्यान्ड–वेल्समा हुने विश्वकपमा स्थान बनाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण