बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम कारागारबाट भागेका ६०८ कैदी कारागार फर्किए

मङ्गलबार, ३१ भदौ २०८२, १३ : ०७
मङ्गलबार, ३१ भदौ २०८२

सारांश

  • सुदूरपश्चिमका कारागारबाट भागेका ६०८ कैदीबन्दी फर्किएका छन्।
  • जेनजी आन्दोलन पछिको प्रदर्शनका क्रममा १,४५८ कैदीबन्दी फरार भएका थिए।
  • फरार भएका ८५० जना अझै फेला परेका छैनन्, खोजी कार्य जारी छ।

धनगढी । सुदूरपश्चिमका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरु मध्ये सोमबारसम्म ६०८ जना फर्किएका छन् । जेनजी आन्दोलन पछिको प्रदर्शनका क्रममा बाजुरा र अछाम बाहेकका सात जिल्ला कारागारहरूबाट एक हजार ४५८ कैदीबन्दी फरार भएका थिए । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार फर्किएकामध्ये कतिपय आफैँ र कतिपयलाई नियन्त्रणमा लिएर फर्काइएको हो । भागेकामध्ये ८५० जना अझै फरार छन् ।

सम्बन्धित जिल्ला कारागार कार्यालयहरूले सार्वजनिक सूचना जारी गर्दै कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेका छन् । साथै फरारहरूको खोजीका लागि प्रहरी टोलीसमेत परिचालन गरिएको छ प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप