जेनजी आन्दोलन : पोखराको वडा नम्बर १२ को कार्यालय पुनः निर्माण गर्न समिति गठन
पोखरा । जेनजी आन्दोलनका क्रममा नष्ट भएको पोखरा महानगरपालिका वडा नम्बर १२ को वडा कार्यालय भवन पुनः निर्माण गर्न नागरिक स्तरको समिति गठन भएको छ ।
सेवा प्रवाहमै समस्या भएपछि आपतकालीन पुनर्निर्माण योजना अगाडि सारिएको हो । मंगलबार वडामा भेला भएका स्थानीयले टिकाबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरेको छ ।
आन्दोलनका क्रममा कार्यालयमा तोडफोड र आगजनीका कारण २ करोड ६५ लाख भन्दा बढीको क्षति भएको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए । आगजनीबाट सम्पूर्ण अभिलेख, कम्प्युटर, फर्निचर र उपकरण जलेर नष्ट भएको उनले बताए ।
समितिको सचिवमा पूर्ण गुरुङ, कोषाध्यक्षमा लक्ष्मी कोइराला तथा सदस्यमा डा. अनिल सुवेदी, मिन गुरुङ, दानबहादुर बस्नेत र वीर बहादुर थापा चयन भएका छन् ।
'समितिले तल्लो तलामा गर्नुपर्ने सबै काम गर्छ । भौतिक संरचनादेखि कम्प्युटर, फर्निचरसम्मका काम यही समितिले गर्छ,'उनले भने, 'हामीले जनस्तरबाट निकै ठुलो साथ पाएका छौँ ।'
उनका अनुसार पहिलो तलाबाट काम चलाउन मात्रै २२ लाख भन्दा बढी खर्च हुनेछ । उक्त रकम टोल विकाससंस्था, आमा समूह, युवा क्लब र अन्य सङ्घ संस्थाले व्यहोर्ने घोषणा गरेका छन् ।
आगजनीका कारण भवनको २५ वर्ष आयु घटेको इन्जिनियरहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण