काठमाडौँ उपत्यकामा प्रहरीका १२२ भवनमा पूर्ण क्षति, १२१ गाडीमा आगजनी
सारांश
- जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल समूहले काठमाडौँ उपत्यकामा प्रहरीका १ सय २२ भवनमा आगजनी गरे।
- तोडफोड र आगजनीमा प्रहरीको कुल २१८ भवनमा क्षति पुग्यो भने १२१ वटा गाडीमा आगजनी गरियो।
- दुई पांग्रे सवारी साधन १५८ वटा र साइबर ब्यूरोको ४ वटा गाडीमा प्रदर्शनकारीले आगजनी गरे।
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल समूहले काठमाडौँ उपत्यकामा प्रहरीका १ सय २२ भवनमा आगजनी गरेका छन् । आगजनीबाट भवन पूर्ण रूपमा जलेका छन् ।
उपत्यकामा रहेका ९६ वटा युनिटमा भने आंशिक क्षति पुगेको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । भदौ २४ मा भएको तोडफोड र आगजनीमा प्रहरीको कुल २१८ भवनमा क्षति पुगेको छ ।
काठमाडौँ, भक्तपुर र ललितपुरमा प्रहरीको १२१ वटा गाडीमा आगजनी गरिएको छ । आगजनीका कारण ११७ वटा गाडी पूर्ण रूपमा जलेका छन् । ४ वटा गाडीमा आंशिक क्षति पुगेको छ ।
दुई पांग्रे सवारी साधन १५८ वटा आगजनीमा परेका छन् । साइबर ब्यूरोको ४ वटा गाडीमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । रानीपोखरी स्थित उपत्यका प्रहरी कार्यालयमा राखिएका सशस्त्र प्रहरीको ३ वटा र राष्ट्रिय अनुसन्धान विभागको एउटा गाडीमा आगजनी गरिएको छ ।
रानीपोखरीमा जलेको अवस्थामा भेटिएको एउटा टोयोटा गाडी कसको हो भन्नेबारे खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण