च्याम्पियन्स लिग आजदेखि, ६ खेल हुँदै
काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबारदेखि सुरु हुँदै छ । आज विभिन्न ६ खेलहरू हुँदैछन् । पहिलो खेलमा नेदरल्यान्ड्को क्लब पीभीएस आइन्डहोभनले बेल्जियमको क्लब युनियन सेन्ट गिलोइससँग प्रतिस्पर्धा गर्दैछन् ।
दुई टोलीबिचको खेल नेपाली समय अनुसार राति साढे दश बजे सुरु हुनेछ । सोही समयमा स्पेनिस क्लब एथ्लेटिक्स क्लबले प्रिमियर लिग क्लब आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ ।
यता इटालियन क्लब युभेन्ट्सले जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमन्डसँग प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबिचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।
सोही समयमा प्रिमियर लिग क्लब टोटेनहमले स्पेनिस क्लब भिल्ला रियललाई आथित्यता प्रदान गर्नेछ ।
यता च्याम्पियन्स लिगको च्याम्पियन टोली रियल मड्रिड फ्रेन्च क्लब मार्सेल्लीसँग भिड्नेछ ।
च्याम्पियन्स लिगको लिगको नयाँ ढाँचा
च्याम्पियन्स लिगको लिगको नयाँ ढाँचा अनुसार टिमहरूले लिगमा आठ खेल खेल्नेछन् ।
उनीहरूले अब तीन टोलीसँग दुई पटक (होम एण्ड अवे) खेल्ने छैनन् । तर आठ फरक टिमसँग खेल्नेछन् । जसमा चार खेल होम र चार अवे हुनेछन् ।
टिमको आठ प्रतिस्पर्धी टिम निर्धारण गर्न टिमहरूलाई सुरुमा चार वटा सिडिङ पोटमा वरीयता दिएको थियो । त्यसपछि प्रत्येक पोटबाट दुई टिमसँग खेल्नेछ । जुन एक खेल होम र एक खेल अवे हुनेछ ।
लिगको शीर्ष आठ टोली स्वतः राउन्ड अफ–१६ को लागि छनोट हुनेछन् । यता नवौँदेखि २४ औँ स्थानमा रहने टोलीहरूले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्न दुई–लेगको नक–आउट प्ले–अफमा प्रतिस्पर्धा गर्नेछन् ।
२५औँ वा सोभन्दा तल स्थानमा रहने टोलीहरू बाहिरिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण