खण्डहर बनेको थापाथली अटो हब, उठ्ने प्रयास गर्दैछन् व्यवसायी
काठमाडौं । दसैँ-तिहार नजिकिँदै जाँदा सजावटले झकिझकाउ हुन्थ्यो थापाथली क्षेत्र । तर यस वर्ष देशकै ठुलो अटो हब खण्डहर बनेको छ ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका घटना हुँदा यो अटो हब पनि निशानामा पर्यो । जेनजीका नाममा आएका अराजक समूहले गाडीका शोरुमहरुमा आगजनी र तोडफोड गरे ।
थापाथली यतिबेला गाडी र भौतिक संरचना जल्दा निस्केको धुवाँमा निस्सासिएको छ । सबैभन्दा धेरै व्यापार हुने सिजनमा अटो व्यवसायीहरुको अनुहारमा निराशा छाएको छ ।
प्रदशर्नकारी समूहले सीजी मोटर्सको शोरुम आगजनी गरेर ध्वस्त बनाएका छन् । टाटा मोटर्स, हुन्डाई, सुजुकी र महिन्द्रालगायत गाडीका शोरुम पनि जलेर खण्डहर बनेका छन् । जीओ अटोमोबाइल्स, फोर्ड, एमएडब्लु लगायत अन्य गाडी शोरुमहरु भने जोगिन सफल भए ।
प्रदर्शनकारीले गरेको आगजनीबाट सीजी मोटर्सको विशाल भवन पूर्णरुपमा ध्वस्त भएको छ । त्यसभित्र राखिएका सबै गाडीका ‘अस्थिपञ्जर’ मात्रै बाँकी छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटीका अनुसार आगजनी र तोडफोडबाट कति क्षति भएको भन्नेबारे बीमा सर्वेपछि मात्र यकिन हुनेछ । तर प्रारम्भिक अनुमानअनुसार बिल्डिङ बाहेक करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको उनले बताए।
_nwNLLrVcFB.jpg)
‘अहिलेको अवस्थामा निराशा भन्दा पनि आशा जगाउनुपर्ने अवस्था छ । कम्पनीको सेवा नरोक्ने योजनाका साथ काम भइरहेको छ ।’ सीजी मोटर्सले थापाथलीको शोरुमबाट हुने काम पानीपोखरीबाट सेवा दिन थालेको जनाएको छ । कम्पनीले क्षति विवरणसँगै पुनर्निर्माणको काम सुरु गरेको सिवाकोटी बताउँछन् ।
सीजी मोटर्स भन्दा केही अगाडि रहेको टाटा मोटर्स पनि आगजनीबाट बच्न सकेन । टाटा मोटर्सको शोरुम पनि पूर्ण रुपमा ध्वस्त भएको छ । नयाँ टियागोको चारवटा ईभी, २ पेट्रोल र एक डिजेल गरी ७ वटा गाडी जलेर अस्थिरपञ्जर मात्रै बाँकी छन् ।
त्यस्तै, शोरुमबाट चोरी भएका दुईवटा गाडी एउटा धापासी र अर्को थापाथलीबाट नै तोडफोड गरिएको अवस्थामा भेटिएको थियो । कम्पनीका अनुसार गाडी मात्रै नभएर कार्यालयमा भएका कम्प्युटर, ल्यापटपदेखि मोबाइल समेत तोडफोड र चोरी भएको छ ।
_VmaCHKQk5X.jpg)
कम्पनीका अनुसार करिब १० करोड रुपैयाँ भन्दा बढीको क्षति भएको अनुमान लगाउन सकिन्छ । टाटा मोटर्सले यति धेरै क्षति भए पनि चाँडै उठ्ने प्रयास गरिरहेको छ । जलेर ‘अस्थिपञ्जर’ मात्रै बाँकी रहेका गाडीलाई व्यवस्थापन गरी पुनर्निर्माणको काम गर्दै नयाँ ठाउँबाट सेवा सुचारु गरेको कम्पनीले जनाएको छ ।
टाटासँगै रहेको हुन्डाई पनि प्रदर्शनकारीको निशानाबाट जोगिन सकेन । हुन्डाई कम्पनीको पनि शोरुममा आगजनी र तोडफोड भएको अवस्था छ । शोरुमका सिसा तोडफोडबाट चकनाचुर पारिएको अवस्था छ । हुन्डाईको शोरुममा रहेको एउटा सवारी आगजनी र अन्यमा तोडफोड भएको कम्पनीले जनाएको छ । आगजनी र तोडफोडबाट हुन्डाई कम्पनीको पनि करिब ३ देखि ४ करोडको क्षति भएको अनुमान छ ।
लक्ष्मी हुन्डाईका महाप्रबन्धक दीपक थपलिया कम्पनीले क्षति भन्दा पनि अटो क्षेत्रको मनोबल कमजोर बन्न नदिन भग्नावशेषलाई पन्छाएर अघि बढ्ने प्रयास गरिरहेको बताउँछन् ।
_XCduJAKS3V.jpg)
‘विशेष परिस्थितिमा भएको क्षति भन्दा पनि मुलुकमा शान्ति र आशा जगाउनु पहिलो प्राथमिकता हो । हामी त्यसैलाई मध्यनजर गरी पुनर्निर्माण गरी पुरानै लयमा उठ्ने प्रयास गर्दैछौँ,’ उनी भन्छन्, ‘सेवाग्राहीलाई तत्काल सेवा दिन तयार छौं ।’
क्षतिग्रस्त अटो शोरुममा नेटले बेरेर पुनर्निर्माणको काम भइरहेको छ ।
अर्थमन्त्री खनालले गरे क्षति भएका शोरुमको अनुगमन
अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका नाममा आगजनी गरिएका निजी क्षेत्रका भवनहरूको स्थलगत अवलोकन गरेका छन् । मन्त्री खनाल, अर्थसचिव घनश्याम उपाध्यायसहितको टोलीले थापाथलीका क्षतिग्रस्त टाटा, सीजी मोटर्स, महिन्द्रा, हुन्डाई लगायत शोरुम निरीक्षण गरे ।
त्यसक्रममा मन्त्री खनालले निजी क्षेत्रको मनोबल उकास्ने गरी सरकारले काम गर्ने आश्वासन दिएका छन् । उनले अटो व्यवसायीहरुलाई दिन सक्ने आवश्यक सहुलियतका विषयमा छलफलको माध्यमबाट अघि बढाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण