कर्क हत्या प्रकरण : अभियुक्तले गरेका हुन् अपराध स्वीकार ?
सारांश
- अमेरिकी दक्षिणपन्थी कार्यकर्ता चार्ली कर्कको हत्या आरोपमा टायलर रोबिन्सनले अपराध स्वीकारेका छन्।
- अभियुक्तले आफ्नो रुममेटलाई गोप्य नोटमा कर्कलाई मार्ने मौका पाएको र मार्ने बताएका थिए।
- अभियोजन पक्षले दुई रुममेटबीचको टेक्स्ट सन्देशहरू पेश गरेको छ, जसमा रोबिन्सनले घृणाबाट दिक्क भएको बताएका छन्।
वासिङ्टन डीसी । अमेरिकामा दक्षिणपन्थी कार्यकर्ता चार्ली कर्कलाई गोली हानेर हत्या गरेको आरोप लागेको व्यक्तिको सम्बन्धमा अभियोजकहरूले महत्त्वपूर्ण दाबी गरेका छन् । आफ्नो रुममेटलाई एउटा गोप्य सन्देशमा अभियुक्त टायलर रोबिन्सन अपराध स्वीकार गरेको अभियोजकहरूले बताएका छन् ।
२२ वर्षीय रोबिन्सनमाथि कर्कको हत्या गरेको आरोप छ । अभियुक्तले कम्प्युटर किबोर्ड मुनि आफ्नो रुममेटका लागि एउटा नोट छोडेको युटाका वकिल जेफ्री ग्रेले भनेका छन् । रूममेट अभियुक्तको रोमान्टिक पार्टनर भएको बताइएको छ । ‘मसँग चार्ली कर्कलाई मार्ने मौका छ, र म यो गर्नेछु ।’ नोटमा लेखिएको भन्दै ग्रेले भनेका छन् ।
अभियोजन पक्षले दुई रुममेटहरू बिचको टेक्स्ट सन्देशहरू पनि पेस गरेका थिए । यीमध्ये एउटामा अभियुक्तले ‘आफ्नो घृणाबाट दिक्क भएको’ले कर्कलाई गोली हानेको भनेका छन् ।
कर्क अमेरिकाको सबैभन्दा हाई–प्रोफाइल रूढिवादी कार्यकर्ता र मिडिया व्यक्तित्वहरूमध्ये एक थिए । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र सहयोगी पनि थिए । गएको बुधबार युटाको एक कलेजमा उनलाई गोली हानेर हत्या गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण