संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा उठ्यो पार्टी रुपान्तरण र एकताको विषय
काठमाडौँ । जेनजी आन्दोलनपछिको परिस्थितिमा तीन प्रमुख दलभित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ । यो बहस अब मधेस केन्द्रित दलहरुमा पनि हुन थालेको छ ।
मंगलबार तराई-मधेस केन्द्रित दलहरुको संघीय लोकतान्त्रिक मोर्चाको सचिवालय बैठक बस्यो । बैठकमा मधेस केन्द्रित दलहरुबिचमा एकता र रुपान्तरणको आवश्यकतामाथि छलफल भयो ।
जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माका अनुसार मोर्चाको बैठकमा जेनजी आन्दोलनको समीक्षा हुनुका साथै पार्टीभित्र रुपान्तरणको आवश्यकताबारे छलफल भएको थियो ।
युवा नेताहरुले पनि आ-आफ्ना पार्टीका अध्यक्षमाथि नेतृत्व हस्तान्तरणको दबाब दिन थालेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई नेतृत्व छाडेर नयाँ पुस्तालाई अघि सार्न प्रस्ताव समेत गएको एक नेताले बताए । यादवले रुपान्तरणको विषयमा आफू सकारात्मक रहेको बताएका छन् । उनले भावनामा बगेर भन्दा पनि यथार्थलाई समीक्षा गरेर पार्टी रुपान्तरणमा जान आवश्यक रहेको बताएको ती नेताले बताए । यादव मधेस केन्द्रित दलहरुबिचको एकताका लागि पनि सकारात्मक रहेको बताइएको छ ।
लोकतान्त्रिक मोर्चाको एक घटक राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले जेनजी आन्दोलनले संघीय लोकतान्त्रिक मोर्चामा खास असर नपारेको बताए । अब यसपछि अझै संगठित ढंगले अघि बढ्ने उनको भनाइ छ । यस्तै संविधान दिवसको दिन असोज ३ गते कालो दिवस मनाउने समेत मोर्चाभित्र सहमति भएको उनले बताए । मधेसी, आदिवासी जनजाति तथा पिछडिएको समुदायमाथि यो संविधान जबर्जस्ती लादिएको मोर्चाको निष्कर्ष छ ।
‘जेनजी आन्दोलन जेका लागि भएको थियो, त्यसका लागि काम गर्न मोर्चाले दबाब दिनुपर्छ । भ्रष्टाचारको अन्त्य तथा सुशासनका लागि आन्दोलन भएको थियो भने भ्रष्टाचारीलाई कारवाही हुनुपर्छ,’ झाले भने । दलहरुमा रुपान्तरणको विषय पनि उठिरहेको भन्दै झाले यसमा आ-आफ्ना दलभित्र बहस हुने बताए ।
यसैगरी मोर्चाले जेनजी आन्दोलनमा मृत्यु हुनेहरुको सम्झनामा असोज १ गते (बुधबार) शोकसभा गर्ने पनि निर्णय गरेको छ । सरकारले बुधबार राष्ट्रिय शोक बिदा दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण