२० औँ एसियाली खेलकुदका लागि नेपालका खेलाडी दर्ता
सारांश
- नेपालले जापानमा हुने २० औं एसियाली खेलकुदका लागि खेलाडी दर्ता प्रक्रिया पूरा गरेको छ।
- एनओसीले विभिन्न राष्ट्रिय संघबाट पत्र प्राप्त गरेपछि ३२ खेलमा सहभागिता जनाउने भएको छ।
- फुटबल र तेक्वान्दो थपिएपछि जम्मा ४३४ जना खेलाडी दर्ता प्रक्रियामा सहभागी भए।
काठमाडौँ । नेपालले जापानको आइची र नागोयामा हुने २० औँ ग्रीष्मकालीन एसियाली खेलकुद (एसियाड) का लागि खेलाडी दर्ता प्रक्रिया सम्पन्न गरेको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार विभिन्न राष्ट्रिय सङ्घबाट प्राप्त पत्रअनुसार ३२ खेलमा नेपालले सहभागिता जनाउने भएको हाे ।
आयोजक कमिटीको तालिकाअनुसार सन् २०२५ जुन ३० तारिखभित्र खेलमा सहभागी हुनका लागि दर्ता गर्ने अन्तिम मिति तय भएको थियो । यसअघि, एनओसीले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई खेलाडीको सङ्ख्या पठाउन पटक–पटक पत्राचार गरेको थियो । तर, मन्त्रालय र परिषद्बाट कुनै जानकारी प्राप्त नभएपछि एनओसीले पहिला दर्ता गरिएका ३० खेलका राष्ट्रिय सङ्घहरूलाई पत्राचार गरी खेलाडी सङ्ख्या उपलब्ध गराउन भनेको थियो ।
सेप्टेम्बर १६ मा आयोजक कमिटीमा ‘इन्ट्री बाइ नम्बर’ प्रक्रिया सम्पन्न भएको हो । जुन ३० तारिखमा दर्ता नभएका लोकप्रिय र पदकको सम्भावना भएका खेल र त्यसका खेलाडीहरू खेल्नबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले एनओसीले सम्बन्धित सङ्घहरूलाई पुनः पत्राचार गरेको थियो ।
सोहीअनुरूप तेक्वान्दो र फुटबल सङ्घले खेलाडीको सङ्ख्या र इभेन्टसहितको पत्र पठाएपछि आयोजक कमिटीलाई यी दुई खेल थप्नका लागि अनुरोध गरिएको छ ।
नेपाल एथ्लेटिक्स सङ्घलाई पटक–पटक पत्राचार गर्दा पनि जवाफ प्राप्त नभएकाले एनओसीले विगतको सहभागितालाई मध्यनजर गरी लामो दूरीको म्याराथनमा एक महिला र एक पुरुष खेलाडी दर्ता गरेको छ ।
यसरी ३२ वटा खेलबाट २३९ पुरुष र १९५ महिला गरी जम्मा ४३४ जना खेलाडी दर्ता प्रक्रियामा सहभागी भएका छन् । २० औँ एसियाली खेलकुदका लागि नेपालका खेलाडी दर्ता
फुटबल र तेक्वान्दो खेल थपियो
काठमाडौँ । नेपालले जापानको आइची र नागोयामा हुने २० औँ ग्रीष्मकालीन एसियाली खेलकुद (एसियाड) का लागि खेलाडी दर्ता प्रक्रिया सम्पन्न गरेको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार विभिन्न राष्ट्रिय सङ्घबाट प्राप्त पत्रअनुसार ३२ खेलमा नेपालले सहभागिता जनाउने भएको छ । आयोजक कमिटीको तालिकाअनुसार सन् २०२५ जुन ३० तारिखभित्र खेलमा सहभागी हुनका लागि दर्ता गर्ने अन्तिम मिति तय भएको थियो ।
यसअघि, एनओसीले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई खेलाडीको सङ्ख्या पठाउन पटक–पटक पत्राचार गरेको थियो । तर, मन्त्रालय र परिषद्बाट कुनै जानकारी प्राप्त नभएपछि एनओसीले पहिला दर्ता गरिएका ३० खेलका राष्ट्रिय सङ्घहरूलाई पत्राचार गरी खेलाडी सङ्ख्या उपलब्ध गराउन भनेको थियो ।
सेप्टेम्बर १६ मा आयोजक कमिटीमा ‘इन्ट्री बाइ नम्बर’ प्रक्रिया सम्पन्न भएको हो । जुन ३० तारिखमा दर्ता नभएका लोकप्रिय र पदकको सम्भावना भएका खेल र त्यसका खेलाडीहरू खेल्नबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले एनओसीले सम्बन्धित सङ्घहरूलाई पुनः पत्राचार गरेको थियो ।
सोहीअनुरूप तेक्वान्दो र फुटबल सङ्घले खेलाडीको सङ्ख्या र इभेन्टसहितको पत्र पठाएपछि आयोजक कमिटीलाई यी दुई खेल थप्नका लागि अनुरोध गरिएको छ ।
नेपाल एथ्लेटिक्स सङ्घलाई पटक–पटक पत्राचार गर्दा पनि जवाफ प्राप्त नभएकाले एनओसीले विगतको सहभागितालाई मध्यनजर गरी लामो दूरीको म्याराथनमा एक महिला र एक पुरुष खेलाडी दर्ता गरेको छ ।
यसरी ३२ वटा खेलबाट २३९ पुरुष र १९५ महिला गरी जम्मा ४३४ जना खेलाडी दर्ता प्रक्रियामा सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण