प्रहरीका ९० जना डीएसपीहरुको सरुवा
सारांश
- नेपाल प्रहरीका आईजीपीले ९० जना डीएसपीहरूको सरुवा गरेका छन्।
- इटहरी, बौद्ध, पर्वत, मुगु र स्वयम्भू लगायतका विभिन्न स्थानमा डीएसपीहरूको सरुवा भएको छ।
- डडेलधुरा, भृकुटीमण्डप, गौशाला, दरबारमार्ग र प्युठानमा पनि डीएसपीहरूको सरुवा गरिएको छ।
काठमाडौँ । नेपाल प्रहरीका ९० जना डीएसपीहरुको सरुवा गरिएको छ । आईजीपी चन्द्रकुवेर खापुङले डीएसपीहरुको सरुवा सम्बन्धी निर्णय गरेका हुन् ।
इलाका प्रहरी कार्यालय इटहरीमा सुवास हमाल, प्रहरी वृत्त बौद्धमा सन्तोष रोका, पर्वतमा विजय यादव, मुगुमा रविराज थपलिया र प्रहरी वृत्त स्वयम्भूमा मोहनमणि अधिकारीलाई सरुवा गरिएको छ ।
डडेलधुरामा वरुण सिंह, भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा प्रह्लाद कार्की, प्रहरी वृत्त गौशालामा प्रकाश श्रीमल र दरबारमार्ग वृत्तमा नारायण डाँगीलाई सरुवा गरिएको छ ।
प्युठानमा नरहरि अधिकारीलाई पठाइएको छ भने प्रहरी वृत्त मालिगाउँमा धनबहादुर बोहरालाई पठाइएको छ ।
प्रहरी वृत्त जगातीमा चञ्चला श्रेष्ठलाई सरुवा गरिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा चक्र बहादुर डम्बरपाललाई सरुवा गरिएको छ भने दार्चुलामा गौरव महतलाई पठाइएको छ ।
सङ्खुवासभाको इन्चार्जमा कुमारप्रसाद मैनाली र पाँचथरमा अनिश कर्णलाई पठाइएको छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण