च्याम्पियन्स लिग
बार्यन म्युनिखसँग चेल्सी स्तब्ध
बिहीबार, ०२ असोज २०८२, ०२ : ४८
सारांश
- च्याम्पियन्स लिगमा बार्यन म्युनिखले चेल्सीलाई ३-१ ले पराजित गर्यो।
- बार्यनका लागि ह्यारी केनले २ गोल गरे भने एक गोल आत्मघाती रह्यो।
- चेल्सीका लागि कोल पामरले एक गोल फर्काए।
काठमाडौँ। युइएफए च्याम्पियन्स लिगको समूह चरणअन्तर्गत बिहीबार भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखले इङ्लिस क्लब चेल्सीलाई ३–१ ले पराजित गरेको छ।
खेलको २०औँ मिनेटमा चेल्सीका ट्रेभो चालोबाहको आत्मघाती गोलमार्फत बार्यनले अग्रता लियो। त्यसपछि २७औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै अन्तरलाई २–० मा पुर्याए।
तर, त्यसको दुई मिनेटमै २९ औँ मिनेटमा कोल पामरले चेल्सीका लागि गोल फर्काएर खेललाई रोचक बनाए।
दोस्रो हाफमा पनि बार्यनले आफ्नो आक्रामक खेल जारी राख्यो र ६३औँ मिनेटमा पुनः ह्यारी केनले गोल गर्दै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे।
३–१ को जितसँगै बार्यन म्युनिखले च्याम्पियन्स लिगमा सशक्त सुरुवात गरेको छ भने चेल्सी भने पहिलो खेलमै हारको स्वाद चाख्न बाध्य भयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण