पाकिस्तान र साउदी अरबबिच सम्झौता
सारांश
- साउदी युवराज र पाकिस्तानी प्रधानमन्त्रीबीच रणनीतिक रक्षा सम्झौतामा हस्ताक्षर भयो।
- सम्झौता अनुसार एक देशमाथिको आक्रमण दुवै देशमाथिको आक्रमण मानिनेछ।
- भेटघाटमा दुई नेताले सम्बन्ध सुदृढ पार्नेबारे छलफल गरे, रक्षा सहयोग बढाउने लक्ष्य छ।
रियाद । साउदी अरबका युवराज मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले बुधबार एक सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौतालाई रणनीतिक पारस्परिक रक्षा सम्झौता भनिएको छ ।
सम्झौता अन्तर्गत कुनै पनि एक देशमाथि हुने आक्रमणलाई दुवै देशमाथिको आक्रमण मानिनेछ । सम्झौता प्रधानमन्त्री शाहबाज शरीफको साउदी अरेबिया भ्रमणको क्रममा भएको हो । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले रियादको अल–यामामा दरबारमा शाहबाज शरीफलाई स्वागत गरेका थिए ।
भेटघाटको क्रममा दुई नेताहरूले आफ्नो सम्बन्धलाई सुदृढ पार्ने बारेमा छलफल गरे । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्– ‘दुई देशहरूबिच झन्डै ८० वर्ष पुरानो सम्बन्ध छ, जुन भ्रातृत्व, इस्लामिक ऐक्यबद्धता र रणनीतिक सहयोगमा आधारित छ ।’
सम्झौताले रक्षा सहयोग बढाउने, सो क्षेत्रमा शान्ति र सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको दारले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्राहम सम्झौतामा सहभागी भए मात्रै साउदी–अमेरिका आणविक सम्झौता लागू हुने
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण