सभामुख घिमिरेले जलेको संसद् भवन अनुगमन गर्ने
बिहीबार, ०२ असोज २०८२, ११ : ५९
सारांश
- सभामुख देवराज घिमिरे जेनजी आन्दोलनमा जलेको संसद् भवनको अनुगमनमा जाने भएका छन्।
- सभामुख घिमिरे बिहीबार दिउँसो १२ बजे जलेको संसद् भवनको अनुगमनमा जान लागेका हुन्।
- गत भदौ २४ गतेको आन्दोलनमा सरकारी भवनहरुमा क्षति पुगेको थियो।
काठमाडौँ । सभामुख देवराज घिमिरे जेनजी आन्दोलनका क्रममा जलेको संसद् भवनको अनुगमनमा जाने भएका छन् । बिहीबार दिउँसो १२ बजे सभामुख घिमिरे जलेको संसद् भवनको अनुगमनमा जान लागेको उनको सचिवालयले जनाएको छ ।
गत भदौ २४ गतेको आन्दोलनका क्रममा सरकारी तथा निजी सङ्घ–संस्था, कार्यालय, संसद् भवन, सिंहदरबार, सर्वोच्च लगायतका सरकारी संस्था जलेका थिए ।
जेनजी आन्दोलनपछि सभामुख घिमिरे सार्वजनिक भएका थिएनन् । तर, संसद् भवन जलेको नवौँ दिनमा दिनमा भने उनी संसद् भवन अनुगमनमा जान लागेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण