प्रधानमन्त्री कार्की र प्रधानमन्त्री मोदीबिच आधा घण्टा टेलिफोन वार्ता
सारांश
- प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ।
- वार्तामा मोदीले नेपालको पछिल्लो परिस्थितिलाई शान्तिपूर्ण अवतरण गराएकोमा कार्कीलाई धन्यवाद दिए।
- मोदीले नेपाललाई सहयोगको प्रतिबद्धता जनाएका थिए र कार्कीलाई जन्मदिनको शुभकामना दिए।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोन वार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई जनाको बिचमा लगभग आधा घण्टा जति कुराकानी भएको हो । कुराकानीको क्रममा प्रधानमन्त्री मोदीले नेपालमा उत्पन्न पछिल्लो परिस्थितिलाई शान्तिपूर्ण तरिकाले अवतरण गराउन सफल भएकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएका थिए । पछिल्लो घटनाक्रमका कारण देशले भोगको क्षतिप्रति आफू दुखी रहेको भन्दै प्रधानमन्त्री मोदीले नेपाल सरकारलाई यस अवस्थामा हरेक प्रकारको सहयोग दिन तयार रहेको धारणा राखेको छ ।
प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री कार्कीले जन्मदिनको शुभकामना दिँदै साथ सहयोगको अपेक्षा गरेको बताइएकी थिइन् ।
प्रधानमन्त्री मोदीले फोन वार्ताबारे जानकारी दिँदै ट्विटमा लेखेका छन्, ‘अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग न्यानो कुराकानी भयो। हालै भएको दुःखद मानवीय क्षतिप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थायित्व पुनर्स्थापना गर्ने उहाँको प्रयासमा भारतको अटल समर्थन रहने कुरा दोहोर्याएँ। साथै, भोलि नेपालको राष्ट्रिय दिवसको अवसरमा उहाँ र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण