सिटिजन्स क्यापिटलले १६ प्रतिशत नगद लाभांश वितरण गर्ने
सारांश
- सिटिजन्स क्यापिटल लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न भयो।
- सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्यो।
- सभामा विभिन्न वित्तीय विवरणहरू पारित हुनुका साथै लेखापरीक्षक नियुक्ति गरियो।
काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडको १९औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पनि पारित भएका छन्। यसका साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि निर्धारण गरिएको छ।
सिटिजन्स बैंकको सहायक कम्पनी रहेको सिटिजन्स क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूतिकर्ता (अन्डरराइटर), शेयर रजिष्ट्रार तथा डि-म्याट खाता जस्ता लगानीकर्तासँग प्रत्यक्ष सरोकार राख्ने काम गर्न अनुमति पाएको छ। यस कम्पनीमा कर्मचारी सञ्चय कोष र प्रतिष्ठित उद्योगी व्यवसायीहरूको पनि सह-लगानी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण