नेप्सेमा सर्किट ब्रेकरको आठ वर्ष : ११ दिन समय नसकिँदै बन्द भएको थियो बजार
सारांश
- बिहीबार सेयर बजार ६ प्रतिशतको गिरावटसँगै बन्द भयो, जसमा १६० अङ्कको भारी गिरावट आयो।
- बजारले २ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको सम्पत्ति एकै दिन गुमायो, र परिसूचक २५११.९१ अङ्कमा झर्यो।
- नेपाली सेयर बजारमा सर्किट ब्रेकर प्रणाली सुरु भएको ८ वर्षमा ११ पटक बजार बन्द भएको छ, जसमा ६ पटक सकारात्मक सर्किट लागेको छ।
काठमाडौँ । बिहीबारको सेयर बजार समय नसकिँदै बन्द भयो । जेनजी आन्दोलनसँगै भएको विध्वंस र त्यसपछि भएको सत्ता परिवर्तनपछि पहिलोपटक खुलेको बजार ६ प्रतिशतको गिरावटसँगै बन्द भएको हो ।
सुरुमा नै ४ प्रतिशत घटेर २० मिनेटका लागि बन्द भएको बजार त्यसपछिको कारोबारमा थप एक प्रतिशत विन्दुले घटेपछि ४० मिनेटका लागि स्थगित भयो । त्यसपछि खुलेको बजार तत्कालै अर्को एक प्रतिशत विन्दुले गिरावट भएपछि आज दिनभरका लागि कारोबार स्थगित भएको छ ।
योसँगै आज बजारले १६० अङ्क भारी गिरावटको सामना गर्नुपरेको छ । आजको कारोबारपछि बजार परिसूचक २५११.९१ अङ्कमा झरेको छ भने बजारले २ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको सम्पत्ति एकै दिन गुमाएको छ ।
नेपाली सेयर बजारमा सर्किट ब्रेकर प्रणाली सुरु भएको करिब ८ वर्ष भयो । बजारमा विभिन्न कारणले हुने उतारचढावका कारण लगानीकर्ताको सम्पत्तिमा हुने अस्वाभाविक घटबढलाई अन्त्य गर्न २०७४ भदौ ४ गतेदेखि यो प्रणाली सुरुवात भएको थियो ।
योबिचमा आज सहित नेप्सेमा ११ पटक सर्किट ब्रेकरसहित बजार बन्द भएको इतिहास छ । त्यसमध्ये ६ पटक बजारमा सकारात्मक सर्किट लागेको छ भने चारपटक नकारात्मक सर्किट ब्रेकर लागेको छ ।
आठ वर्षको अवधिमध्ये सन् २०२० को वर्षमा मात्रै ७ पटक सर्किट ब्रेकर लागेर बजार बन्द भएको तथ्याङ्क छ । त्यसअघिका तीन वर्षमा कुनै पनि सर्किट ब्रेक लागेको थिएन भने त्यसपछिको समयमा आजसहित चारपटक सर्किट ब्रेक लागेको देखिन्छ । कुल ११ पटकको सर्किट ब्रेकरमध्ये ६ पटक सकारात्मक र पाँचपटक नकारात्मक सर्किट ब्रेकर लागेर बजारको कारोबार नै बन्द भएको अवस्था छ ।
- कहिले र के कारणले बजारमा लाग्यो सर्किट?
१) २०२० मार्च २
तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले निरन्तरता पाउने समाचारपछि त्यो दिन बजारमा नकारात्मक सर्किट लागेको थियो । त्यस दिन बजार परिसूचक ९६.०६ अङ्कले घटेर १४९५.३० अं कमा झरेको थियो । यो दिन बजार परिसूचक ६.०४ प्रतिशतले घटेको देखिन्छ ।
२) २०२० मार्च १०
त्यसको ८ दिनपछि बजारमा फेरि नकारात्मक सर्किट लागेको थियो । कोरोना महामारीका कारण आर्थिक अवस्था धराशायी हुने अवस्थापछि बजारमा बिक्रीको चाप परेको थियो । त्यो दिन बजार परिसूचक ८६.३९ अङ्कले घटेर १३४९.३१ अं कमा झरेको थियो । यो दिन बजार परिसूचक ६.०२ प्रतिशतले घटेको देखिन्छ ।
३) २०२० जुन ३०
लामो समयको लकडाउनपछि जब बजारमा कारोबार सुरु भयो, बजारमा सकारात्मक अवस्था देखाउन थाल्यो । लकडाउनका कारण लगानी गर्ने अरू ठाउँ नभएको, बजार निकै तल्लो तहमा रहेको, बैंकिङ प्रणालीमा प्रशस्त तरलता रहेको र बजारमा लगानी गर्न अनलाइन प्रणाली सुरु भएको हुँदा यति बेला बजार बढेको थियो । त्यो दिन बजार परिसूचक ७२.०५ अङ्कले बढेर १२६०.७५ अं कमा पुगेको थियो । यो दिन बजार परिसूचक ६.०६ प्रतिशतले बढेको देखिन्छ ।
४) २०२० जुलाई १
भोलिपल्ट अर्थात् जुलाई १ को दिन बजार लगातार दोस्रो दिन सर्किट लेभलमा बढेको थियो । कारण र परिस्थिति अघिल्लो दिनको जस्तै थियो । त्यो दिन बजार परिसूचक ७५.७७ अङ्कले बढेर १३३६.७५ अं कमा पुगेको थियो । यो दिन बजार परिसूचक ६.०१ प्रतिशतले बढेको देखिन्छ ।
५) २०२० जुलाई २
दुई दिनको सर्किट ब्रेकर र कारोबार बन्दपछि बजारमा नाफा बुक गर्नेको लहर चल्यो । सोही कारण बजारमा नकारात्मक सर्किट लाग्न पुगेको देखिन्छ । त्यो दिन बजार परिसूचक ८०.४१ अङ्कले घटेर १२५६.११ अं कमा पुगेको थियो । यो दिन बजार परिसूचक ६.०२ प्रतिशतले बढेको देखिन्छ ।
६) २०२० जुलाई १९
यस दिन नेप्से ६.०४ प्रतिशत वृद्धिसहित सकारात्मक सर्किट लाग्यो । मौद्रिक नीतिका कारण बजारमा त्यतिबेला सकारात्मक सर्किट लागेको देखिन्छ । त्यो दिन बजार परिसूचक ८४.२६ अङ्कले घटेर १२५६.११ अं कमा पुगेको थियो । यो दिन बजार परिसूचक ६.०४ प्रतिशतले बढेको देखिन्छ ।
७) २०२० डिसेम्बर ६
यो दिनको नकारात्मक सर्किटलाई पनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको प्रभाव मानिन्छ । केन्द्रीय बैंकले धितोमा आधारित मार्जिन कर्जामा कडाइ गरेकोले लगानीकर्ता आत्तिएका थिए । त्यस्तै पछिल्लो एक महिनादेखि नेप्से बढेकोले लगानीकर्ताले नाफा सुरक्षित गर्न समेत बिक्री बढाएको अवस्था थियो । त्यो दिन बजार परिसूचक १२३.३४ अङ्कले घटेर १९३२.११ अं कमा झरेको थियो । यो दिन बजार परिसूचक ६.०० प्रतिशतले घटेको देखिन्छ ।
८) २०२१ डिसेम्बर १४
यस दिन बजार तेस्रो घण्टामा ६% ले बढेपछि सर्किट लागेर कारोबार बन्द भएको थियो । नकारात्मक सर्किट नलागे पनि यसअघि दुई दिन बजारमा उच्च गिरावट आएकोले त्यो दिन बजार बढेको देखिन्छ । त्यो दिन बजार परिसूचक १३७.१८ अङ्कले बढेर २४१८.८५ अं कमा झरेको थियो । यो दिन बजार परिसूचक ६.०१ प्रतिशतले बढेको हो ।
९) २०२३ डिसेम्बर १०
नेपाल राष्ट्र बैंकको मौद्रिक नीति त्रैमासिक समीक्षाका कारण यसपटक बजारमा उत्साह छाएको थियो । त्यसअघि लामो समय बजार घटेको र १८०० को हाराहारीमा झरिसकेको अवस्थामा बजारले वृद्धिको निहुँ खोजिरहेको थियो । केन्द्रीय बैंकको नीतिले एक्सिलिरेटरको भूमिका खेल्दा यो दिन बजारले सकारात्मक सर्किटको अर्को रेकर्ड राखेको थियो । त्यो दिन बजार परिसूचक १११.०२ अङ्कले बढेर १९६३.९८ अं कमा झरेको थियो । यो दिन बजार परिसूचक ६.०० प्रतिशतले बढेको थियो ।
१०) २०२४ मार्च ४
यस दिन पनि बजार ६% ले अर्थात् ११७. ७० अङ्कले वृद्धि भई कारोबार बन्द भएको देखिन्छ । आर्थिक सूचकाङ्कमा देखिएको स्थिरता, बैकिङ प्रणालीमा तरलता सहज हुनु, र सरकारको आर्थिक नीतिप्रति लगानीकर्ताको विश्वास बढ्नुले यो वृद्धि सम्भव भएको देखिन्छ । यो वृद्धिसँगै बजार २०७८.०० अं कमा उक्लिएको थियो ।
के हो सर्किट ब्रेकर प्रणाली ?
कुनै पनि स्टक मार्केटमा हुने अत्यधिक उत्साह र अत्यधिक निराशापूर्ण अवस्थामा लगानीकर्ताले गर्ने व्यवहारबाट बजार नै क्र्यास हुने अवस्था नआओस् भन्ने उद्देश्यले बजारको घटबढमा गरिएको नियन्त्रण नै सर्किट ब्रेकर प्रणाली हो ।
विश्वको इतिहासमा सन् १९८७ मा अमेरिकी स्टक मार्केट डो जोन इन्डस्ट्रियल एभरेज एकै दिन २२.६ प्रतिशतले घटेको थियो । सोही समयदेखि बजारमा सर्किट ब्रेकर प्रणालीको बहस भएको हो ।
नेपालमा हाल नेपाल स्टक एक्सचेन्जले ४ प्रतिशत, ५ प्रतिशत र ६ प्रतिशत वृद्धि हुँदा सर्किट ब्रेकर लगाउने व्यवस्था गरेको छ । यस अनुसार कारोबार खुल्दाको एक घण्टासम्म ४ प्रतिशत सूचक बढेका २० मिनेट कारोबार रोकिन्छ । त्यसपछि ५ प्रतिशतसम्म बढेमा अर्को ४० मिनेट र ६ प्रतिशत बढेपछि सम्पूर्ण दिन कारोबार बन्द गर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण