नेतृत्वमा भएको कमीकमजोरी सच्याउनु आवश्यक छ : मुख्यमन्त्री कार्की
सारांश
- मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विषम परिस्थितिबाट अघि बढ्नु सकारात्मक रहेको बताए।
- उनले भदौ २४ गतेको प्रदर्शन जेनजीको मात्र नभई विभिन्न स्वार्थ समूहको पनि भएको टिप्पणी गरे।
- कार्कीले एमाले सरकारमा रहँदा जनताको भावनाअनुसार विकास भएको र स्वाधीन नेपालका लागि सचेत हुनुपर्ने बताए।
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हालको विषम परिस्थितिबाट अघि बढ्नु सकारात्मक काम भएको बताएका छन् ।
एमाले विराटनगर महानगर कमिटीले आज यहाँ आयोजना गरेको महानगर भेला तथा पार्टी कार्यालयमा झण्डोत्तोलन कार्यक्रममा मुख्यमन्त्री कार्कीले गत भदौ २४ गतेको प्रदर्शन जेनजीको मात्रै नभई विभिन्न स्वार्थ समूहको पनि भएको टिप्पणी गरे ।
उनले त्यस अवसरमा नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भएको उल्लेख गर्दै भने- ‘जेनजीको भ्रष्टाचारविरुद्ध मागलाई एमालेले पनि निरन्तर उठाउँदै आएको छ, पार्टी नेतृत्वले कमीकमजोरी सच्याउनुपर्छ, आवश्यक परे अर्को नेतृत्व ल्याउन पनि तयार हुनुपर्छ ।’
उनले एमाले सरकारमा रहँदा जनताको भावना एवं आकाङ्क्षाअनुसार विकासको काम भएको दाबी गर्दै स्वाधीन नेपाललाई परनिर्भर बन्न नदिन सबै सचेत हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण