नेपालको पोस्टमा बंगलादेशको गोल वर्षा
काठमाडौँ । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप २०२५ अन्तरगत समूह चरणको दोस्रो खेलमा नेपालले बंगलादेशसँग लज्जास्पद हार बेहोरेको छ। बिहीबार कोलम्बोस्थित कोलम्बो रेसकोर्स स्टेडियममा भएको खेलमा नेपाल ०-४ गोलले पराजित भएको हो ।
पहिलो हाफमा १ गोल मात्र खाएको नेपालले दोस्रो हाफमा थप ३ गोल खान पुगेको थियो । बंगलादेशका लागि सबिर इस्लाम, ओपु रहमान, मोहम्मद आरिफ र मोहमद मनिकले एक/एक गोल गरे ।
पराजयपछि नेपाल र बंगलादेशको समान ३/३ अंक भएपनि बंगलादेश गोल अन्तरको आधारमा समूहमा शीर्ष स्थानमा रहेको छ । यसअघि पहिलो खेलमा नेपालले आयोजक टोलीलाई २–० गोलले हराएको थियो । खेलमा दुवै गोल समीर कुमारले गरेका थिए ।
प्रतियोगितामा नेपालसहित सात टोली सहभागी छन् । समूह एमा नेपाल, बंगलादेश र श्रीलङ्कासहित ३ टोली छन् । समूह बीमा भारतसहित पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् ।
प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रत्येक टोलीको समूह विजेताले अर्को समूहको उपविजेतासँग खेल्नेछ । फाइनल खेल २७ सेप्टेम्बरमा खेलिनेछ ।
भारत प्रतियोगिताको साबिक विजेता टोली हो । टोलीले सर्वाधिक ६ पटक यो प्रतियोगिता जितेको छ भने बंगलादेशले २ पटक उपाधि चुमेको छ । पाकिस्तानले सन् २०११ मा एक पटक यो प्रतियोगिता जितेको थियो ।
नेपालले लगातार १० औँ पटक प्रतियोगितामा भाग लिँदैछ । टोली सन् २०१३, २०१७, २०१९ र २०२२ मा फाइनलसम्म पुगेर उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण