बङ्गलादेश सुपर चारमा, श्रीलङ्कासँग पराजित हुँदा अफगानिस्तान बाहिरियो
सारांश
- एसिया कप क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै सुपर चारमा प्रवेश गर्यो।
- श्रीलङ्काका कुशल मेन्डिसले ७४ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले।
- अफगानिस्तानले दिएको १७० रनको लक्ष्य पछ्याउँदै श्रीलङ्काले १७१ रन बनायो।
काठमाडौँ । बङ्गलादेश एसीसी एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । बिहीबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले हराउँदा बङ्गलादेश सुपर चारमा प्रवेश गरेको हो ।
शेख जायद क्रिकेट स्टेडियममा अफगानिस्तानले दिएको १७० रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै १७१ रन बनायो ।
श्रीलङ्काका लागि कुशल मेन्डिसले नट आउट ७४ रनको अर्धशतकीय पारी खेले । ५२ बल खेलेका उनले १० चौका प्रहार गरे । त्यस्तै कुशल परेराले २८ रन बनाउँदा कमिन्दु मेन्डिसले २६ रन जोडे ।
बलिङतर्फ अफगानिस्तानका लागि मुजिब उर रहमान, अमतउल्लाह ओमार्जी, मोहमद नावी र नोर अहमदले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । अफगानिस्तानका लागि मोहमद नावीले ६० रनको अर्धशतकीय पारी खेले । २२ बल खेलेका उनले ३ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै इब्राहिम जर्दान र राशिद खानले समान २४–२४ रनको योगदान गर्दा सिद्धकउल्ला अतलले १८ रन जोडे ।
श्रीलङ्काका लागि नुवान थुर्साराले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १८ रन खर्चे । त्यस्तै दुश्मान्था चमेरा, दुनिथ एलागे र दुशान शानकाले एक एक विकेट लिए ।
योसँगै श्रीलङ्का र बङ्गलादेशले सुपर चारमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण