रास्फोर्डको दुई गोलमा बार्सिलोनाको विजयी सुरुवात
सारांश
- बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा न्युक्यासल युनाइटेडलाई २-१ गोलले पराजित गर्यो।
- मार्कुस रास्फोर्डले बार्सिलोनाका लागि दुई गोल गरे।
- बार्सिलोनाले खेलमा अग्रता लिएर जित हासिल गर्यो, न्युक्यासलले एक गोल फर्कायो।
काठमाडौँ । मार्कुस रास्फोर्डको दुई गोलको सहयोगमा स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
बिहीबार राति भएको खेलमा बार्सिलोनाले प्रिमियर लिग क्लब न्यू क्यासल युनाइटेडमाथि २–१ गोलको जित निकालेको हो ।
न्यू क्यासलको घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन राफोर्डले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल गरेको हो ।
बार्सिलोनाका लागि खेलको ५८औँ मिनेटमा रास्फोर्डले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ६७औँ मिनेटमा गोल गर्दै रास्फोर्डले बार्सिलोनालाई २–० गोलको अग्रता दिलाए ।
खेलको ९०औँ मिनेटमा न्यू क्यासलका लागि एन्थोनी गोर्डनले गोल गरेपनि बार्सिलोनाले २–१ गोलको जित निकाल्न सफल भयो ।
जितसँगै बार्सिलोनाले पहिलो खेलबाट ३ अङ्क जोडेको छ । यता न्यू क्यासले हारबाट प्रतियोगिता सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण