शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल आश्विन ३ गते, शुक्रबारको बारबेला र राहुकालको समय उल्लेख छ।
- मेष देखि मीन राशि सम्मको राशिफल अनुसार विभिन्न राशिका व्यक्तिहरूको लागि आजको दिन कस्तो रहनेछ भन्ने जानकारी दिइएको छ।
- शुभ कार्य र यात्राको लागि लाभ बेला र अमृत बेलाको समय उपयुक्त हुने सुझाव दिइएको छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल आश्विन ३ गते । शुक्रबार । ईश्वी सन् २०२५ सेप्टेम्बर १९ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–त्रयोदशी, ४५ घडी ० पला, बेलुकी ११ बजेर ५१ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–अष्लेषा, ७ घडी ४१ पला, बिहान ८ बजेर ५५ मिनेट उप्रान्त मघा । योग–सिद्ध, ४३ घडी १६ पला, बेलुकी ११ बजेर ९ मिनेट उप्रान्त साध्य । करण–गर, दिउसो १२ बजेर २ मिनेट उप्रान्त वणिज, बेलुकी ११ बजेर ५१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मृत्यू योग । चन्द्रराशि–कर्कट, बिहान ८ बजेर ५५ मिनेट उप्रान्त भद्रा । त्रयोदशी श्राद्ध ।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २ मिनेट । दिनमान ३० घडी २८ पला ।
आजको बार बेला ।
- बिहान ५ बजेर ५१ मिनेटसम्म चर बेला ।
- बिहान ५ बजेर ५२ मिनेटदेखि बिहान ७ बजेर २२ मिनेटसम्म लाभ बेला ।
- बिहान ७ बजेर २३ मिनेटदेखि बिहान ८ बजेर ५४ मिनेटसम्म अमृत बेला ।
- बिहान ८ बजेर ५५ मिनेटदेखि बिहान १० बजेर २५ मिनेटसम्म काल बेला ।
- बिहान १० बजेर २६ मिनेटदेखि बिहान ११ बजेर ५७ मिनेटसम्म शुभ बेला ।
- बिहान ११ बजेर ५८ मिनेटदेखि दिउसो १ बजेर २८ मिनेटसम्म रोग बेला ।
- दिउसो १ बजेर २९ मिनेटदेखि दिउसो २ बजेर ५९ मिनेटसम्म उद्वेग बेला ।
- दिउसो ३ बजेर ० मिनेटदेखि बेलुकी ४ बजेर ३१ मिनेटसम्म चर बेला ।
- बेलुकी ४ बजेर ३२ मिनेटदेखि बेलुकी ७ बजेर ३१ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान १० बजेर २५ मिनेटदेखि बिहान ११ बजेर ५५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर १५ मिनेटदेखि बिहान ४ बजेर ५३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय मध्यम रहेकोले राजनीतिज्ञ तथा समाजसेवीहरूले जनताको काम गर्न नसक्दा आलोचना हुन सक्छ । विद्यार्थीले प्रतिस्पर्धामा आफ्नो क्षमता देखाउन नसक्दा अरूभन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । पढाइ लेखाइमा मन नजाने हुँदा अरूभन्दा पछि परिनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । तर पनि यात्रा, मनोरञ्जनमा केही समय व्यातित हुन्छ ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । विश्वास गरेकै मानिसबाट धोका पाइनेछ भने आमा वा आमा सरहका मानिससँग मनमुटाब बढ्ने योग रहेको छ । घरजग्गाको काममा मन्दीको सामना गर्नुपर्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ । तर पनि कृषि तथा पशुपालन व्यवसायबाट धन आर्जन गर्न सकिनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आट, साहस तथा पराक्रम वृद्धि भएर जाने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउने चाहनेहरूलाई लागी समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोलेको कुरा पुर्याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईँको आलोचना हुनेछ । पढाइ लेखाइमा आत्तिने बानिले नतिजा आफ्नो पक्षमा पार्न मुस्किल पर्नेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरे पनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा असन्तुष्टि बढ्नेछ । खाद्यान्न, लत्ताकपडा तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ कामको अवसर आउने तथा गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाढिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रसन्न हुनेछ । पुराना कमीकमजोरीहरूलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । बिलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । राजनीति तथा सामाजिक काममा समय दिनेहरूका लागी पद प्राप्तिको योग रहेको छ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय तथा कामको तालमेल नमिल्दा अरूभन्दा पछि परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । बसाई सराई तथा लामो दुरीको यात्राको तय हुनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइनेछ । प्रेममा नजिक हुन सकिनेछ । व्यापारी, विद्यार्थी तथा सामाजिक काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पैतृक धन तथा सम्पत्ति को प्रयोग तथा परिचालन मार्फत मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ । विद्यार्थीहरूका लागी समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रसन्न रहनेछ । अध्ययन वा काममा प्रविधिको भरपुर मात्रामा प्रयोग गरी फाइदा लिन सकिनेछ ।
- वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ । बुवा तथा अग्रजहरूको आशीर्वाद लिँदै राम्रा काम गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्ति प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेको छ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी धन आर्जन गर्न सकिनेछ । खाद्यान्न, कपडा तथा गरगहनाको व्यापारमा उल्लेख्य सुधार हुनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयमा काम सम्पादन नहुँदा निराशा छाउनेछ । कष्टकर यात्रा नहोला भन्न सकिन्न । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । आफन्त तथा घर परिवारका मानिससँग मनमुटाब सिर्जना हुने योग रहेको छ । तर पनि खाद्यान्न, कपडा तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । धेरै समय दिए मात्र व्यापार व्यवसायमा आम्दानी गर्न सकिनेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी वहन नगर्नु नै ठिक हुनेछ । अध्ययनमा मन नजानाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । प्रेममा धोका हुनेछ । भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) रमाइलो तथा पारिवारिक माहौलमा दिन बित्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार तथा उद्योगमा सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तपाईँको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्रा हुनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायबाट आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण