‘बलिदान’को ट्रेलरमा समीर भट्टको दमदार एक्सन
सारांश
- चलचित्र 'बलिदान'को ट्रेलर सार्वजनिक भयो, जसमा आमा र छोराको भावनात्मक दृश्य देखाइएको छ।
- अभिनेत्री ऋचा शर्माले आमाको भूमिका निभाएकी छिन् भने समीर भट्ट छोराको भूमिकामा छन्, फिल्ममा एक्सन पनि छ।
- ट्रेलरमा सौगात मल्ल, अर्पण थापा र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन्, र फिल्म देशभक्तिपूर्ण विषयमा आधारित छ।
काठमाडौँ । चलचित्र ‘बलिदान’को ट्रेलर शुक्रवार सार्वजनिक गरिएको छ । ट्रेलरको सुरुवातमा एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी दृश्यबाट सुरु भएको छ ।
अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा छिन् भने छोराको भूमिकामा समीर भट्ट रहेका छन् । शर्माले ‘देशको माटो र यसको अस्मितामाथि कुदृष्टि लगाउने रक्तबीजहरूलाई तैँले संहार गर्नेछस्’ भन्दै वचन लिन खोज्ने दृश्यले ट्रेलरलाई भावनात्मक धरातल दिएको छ । फिल्ममा समीरको भरपुर एक्सन छ ।
ट्रेलरमा अर्पण थापा, सौगात मल्ल र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन् । मल्लले आफूलाई राक्षस बन्न बाध्य पारेको संवाद प्रस्तुत गरेका छन् भने समीर र सौगातबिचको द्वन्द्व दृश्य विशेष रूपमा राखिएको छ ।
चलचित्रको यसअघि सार्वजनिक गरिएको टिजरमा सौगात मल्लको मसाल बोकेको दृश्य, हेमन्त बुढाथोकीको शक्तिशाली संवाद र ऋचा शर्माको भावनात्मक प्रश्नले दर्शकलाई देशभक्ति र क्रोधको भावनामा डुबाएको थियो। निर्देशक सन्तोष सेन स्वयं आदिवासी पात्रको रूपमा देखिएका दृश्यले टिजरलाई थप रोचक बनाएको थियो ।
‘आसुसेन फिल्मस प्रा.लि.’को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ । निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण