खेलकुद मन्त्री बन्ने चर्चाबारे के भन्छन् पारस ?
शुक्रबार, ०३ असोज २०८२, १२ : ४३
सारांश
- पूर्वकप्तान पारस खड्का अन्तरिम प्रधानमन्त्रीको मन्त्रिपरिषद्मा समावेश हुने चर्चा चलिरहेको छ।
- पारसले आफू क्रिकेटमा नै रमाइरहेको र क्यानको जिम्मेवारी नै प्राथमिकता रहेको बताए।
- क्यानको सचिवको रूपमा पारसको नेतृत्वमा नेपाली क्रिकेटले राम्रो प्रगति गरेको छ।
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा समावेश हुने चर्चा चलिरहेको छ ।
उनलाई युवा तथा खेलकुद मन्त्रालयमा प्रधानमन्त्री कार्कीले राख्न चाहेको चर्चाका बिच पारसले आफू क्रिकेटमा नै रमाइरहेको बताएका छन् ।
‘सबैको गन्तव्य राजनीति हुनुपर्छ भन्ने छैन । अहिलेको प्राथमिकता भने मेरो लागि क्रिकेट र क्यानकै जिम्मेवारी हो,’ पारसले भने ।
पारस क्यानको जिम्मेवारीमा आएपछि नेपाली क्रिकेटले पछिल्लो समय बेग्लै चाम पाएको छ । क्यानले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) लाई पनि विश्वसामु चिनाउन पारसको ठुलो हात छ ।
पारसले क्रिकेटमा भिजेको मान्छे अहिले नेपाली क्रिकेटमा नै लाग्ने बताउँदै नेपाली क्रिकेटलाई अझै सफल बनाउन बाँकी रहेका बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण