बेलायती राजाले दिए राष्ट्रपति पौडेललाई शुभकामना
सारांश
- बेलायतका राजा चार्ल्स तृतीयले नेपालको संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललाई शुभकामना व्यक्त गरे।
- राजा चार्ल्सले नेपालमा हालै भएको क्षति र कठिनाइप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरे।
- उनले नेपालको संविधानमा निहित शान्ति, लोकतन्त्र र समावेशी मूल्यहरूको महत्त्वबारे प्रकाश पारे।
काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीयले नेपालको संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलमार्फत नेपाली जनताप्रति शुभकामना व्यक्त गरेका छन् । बेलायती राजाको शुभकामना काठमाडौँस्थित बेलायती राजदूतावासमार्फत राष्ट्रपति पौडेललाई बुझाइएको हो ।
राजा चार्ल्सले आफू र आफ्नो श्रीमती तर्फबाट शुभकामना सन्देश दिँदै हाल नेपालले सामना गरिरहेका चुनौतीपूर्ण परिस्थितिमा सहानुभूति समेत प्रकट गरेका छन् । उनले हालै भएको जनधनको क्षति र नेपालीले व्यहोर्नु परेको कठिनाइमा दुःख प्रकट गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
‘यो कठिन समयमा नेपाली जनताको अदम्य साहस र आत्मबल प्रेरणादायी छ,’ सन्देशमा भनिएको छ । राजा चार्ल्सले नेपालको संविधानमा निहित शान्ति, लोकतन्त्र र समावेशी मूल्यहरू अझै पनि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा ती मूल्यहरूले राष्ट्रलाई सुरक्षित र समृद्ध भविष्यतर्फ डोर्याउने विश्वास व्यक्त गरेका छन् ।
सन् २०२६ मा हुने निर्वाचनलाई इङ्गित गर्दै उनले नेपाल त्यसतर्फ अघि बढिरहेकोमा शुभेच्छा समेत व्यक्त गरे ।
‘म र मेरी पत्नीले तपाईंलाई र सबै नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ । आगामी वर्ष आन्दोलनका घाइतेहरूको उपचार, शक्ति र नयाँ आशा प्राप्त होस्’ राजाको सन्देशमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण