बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

पुँजी बजारको विसङ्गति अध्ययन गर्न चार सदस्यीय कार्यदल, नेगेटिभ सर्किटपछि अर्थमन्त्रीको चासो

शुक्रबार, ०३ असोज २०८२, १३ : ४८
शुक्रबार, ०३ असोज २०८२

सारांश

  • बिहीबार सेयर बजारमा नकारात्मक सर्किट लागेपछि अर्थमन्त्री खनालले चासो देखाएका छन्।
  • अर्थमन्त्रीले बजार घट्नुको कारण अध्ययन गर्न कार्यदल गठन गरेका छन्, जसको संयोजक रुपेश केसी छन्।
  • कार्यदललाई ५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ, जसले लगानीकर्ताको मनोबल बढाउने उपाय सुझाउनेछ।

काठमाडौँ । बिहीबारको सेयर बजारमा नकारात्मक सर्किट ब्रेकर लागेपछि अर्थमन्त्री रामेश्वर खनालले चासो देखाएका छन् । एकैदिन २६८ अर्ब रुपैयाँ बराबरको सम्पत्ति घट्ने गरी १६०.३३ अंकले बजार घटेपछि खनालले यसबारे अध्ययन गर्न कार्यदल बनाएका हुन् ।  

नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित चार सदस्यीय कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् । 

उक्त कार्यदललाई पुँजी बजारमा देखिएका समस्या र विसङ्गति अध्ययन गरी समाधानका लागि गठन गरिएको कार्यदललाई ५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयका अनुसार कार्यदलले लगानीकर्ताको मनोबल वृद्धिका लागि तत्काल आवश्यक प्रणालीगत तथा प्रक्रियागत सुधारका उपाय र दीर्घकालीन रूपमा बजार सुदृढ बनाउनुपर्ने कदमबारे सुझाव दिनेछ मन्त्रालयका प्रवक्ता टंक पाण्डेयले जानकारी दिए । कार्यदलले प्रस्तुत गर्ने प्रतिवेदनमार्फत तत्कालै लागू गर्न सकिने सुधारका कदमहरू पहिचान गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप