बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जेनजी सहिदहरूको सम्झनामा ललितपुरमा दीप प्रज्वलन

शुक्रबार, ०३ असोज २०८२, २१ : २०
शुक्रबार, ०३ असोज २०८२

ललितपुर । जेनजी आन्दोलनका क्रममा सहिद भएका युवाहरूको स्मृतिमा शुक्रबार ललितपुरको बालकुमारी मन्दिरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

नेवाः एकता तथा नागरिक समाजद्वारा आयोजित कार्यक्रममा सहिदहरूको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा मृतकका परिवारजनले आफ्ना छोराछोरीहरूको हत्याका दोषीलाई अन्तरिम सरकारले कारबाही गर्नुपर्नेमा जोड दिएका थिए। साथै, न्याय नपाए आफूहरू अन्तर्राष्ट्रिय अदालतमा गएरै पनि न्याय खोज्ने उनीहरुले चेतावनी दिएका छन्।

सो कार्यक्रममा ललितपुरका सहिद विनोद महर्जनप्रति पनि विशेष श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा एनआरएनका पूर्वअध्यक्ष विनोद कुँवर, युकेका अध्यक्ष प्रेम गाहा मगर, महिला संयोजक रश्मी थापा, सल्लाहकार उमेश पुडासैनी, एनआरएनएकै रिसर्च एण्ड डेभलपमेन्ट विभाग प्रमुख दिपेश खत्रीसहित नेवाः समुदायका विभिन्न व्यक्तित्वहरूको सहभागिता थियो।

त्यस्तै, नेवाः एकता तथा नागरिक समाजका कार्यकारी अध्यक्ष रमेश खत्री र महासचिव रञ्जिता श्रेष्ठले समेत सहिदहरूको बलिदानलाई स्मरण गर्दै लोकतन्त्र र न्यायका पक्षमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप