गोरखाको अजिरकोट गाउँपालिकामा स्याउको परीक्षण उत्पादन सफल (तस्बिरहरू)
सारांश
- गोरखाको अजिरकोट गाउँपालिकामा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल भएको छ।
- सञ्जीव लामाले सुरु गरेको फर्ममा इटालियन जातका स्याउका बेर्ना रोपिएका थिए।
- अध्यक्ष देवकोटाका अनुसार पालिकामा किवी फर्म र ट्राउट माछाको परीक्षण पनि सफल भएको छ।
गोरखा । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल भएको छ । तीन वर्ष अगाडी स्थानीय सञ्जीव लामाले गाउँपालिकाको ५० प्रतिशत अनुदानमा सुरु गरेको मूलखर्क स्याउ फर्ममा पहिलो पटक स्याउ फलेको हो ।
लामाका अनुसार गाउँपालिकाले उपलब्ध गराएको इटालियन तीन प्रजातिको (गोल्डेन डेलिसियस, गाला र इटालियन फुजी) बेर्ना तीन वर्ष रोप्न सुरु गरिएकोमा यस वर्ष भने उत्पादन दिन थालेको हो । सामुन्द्रिक सतहदेखि २२ सय मिटरमा अवस्थित करिब २० रोपनी क्षेत्रफलमा स्याउको पहिलो पटक परीक्षण उत्पादन सफल भएपछि व्यवसायिक रुपमा उत्पादन गर्ने लामाले बताए ।
अजिरकोट गाउँपालिकाको एक वडा एक कृषि फर्म कार्यक्रम अन्तर्गत स्थानीय स्तरमा स्याउको पहिलो पटक परीक्षण खेती गरिएको पालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा २ नं वडामा तीन वटा स्याउ फर्म सञ्चालन गरिएको र तीन वटै फर्ममा स्याउको सफल परीक्षण उत्पादन भएको बताए । त्यस्तै पालिका भित्र ट्राउट माछाको परीक्षण गरिएको र त्यसको नतिजा पनि सकारात्मक रहेको अध्यक्ष देवकोटाले बताए ।

पालिकाको विभिन्न वडामा स्याउ फर्म सँगै किवी फर्मको समेत पहिलो पटक सफल परीक्षण उत्पादन भएको देवकोटाले जानकारी दिए ।
पालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन स्थानीय किसानलाई कृषि कार्यक्रम अनुसार ५० देखि ८० प्रतिशत सम्म कृषि अनुदान प्रदान गर्दै आएको उनले जानकारी दिए । जस अन्तर्गत बाझो खेतमा खेती गर्ने किसानहरूलाई हाते ट्याक्टर लगायतका कृषि उपकरण वितरण समेत गरिएको छ ।

त्यस्तै गोठ तथा खोर सुधार कार्यक्रम अन्तर्गत पशुचौपाया बिरामी परेको अवस्थामा (क्यूआरटी) द्रुत प्रतिक्रिया टोली समेत परिचालन गरिएको देवकोटाले जानकारी दिए ।

त्यस्तै पालिकाको १ र २ नं वडा लागि अर्ग्यानिक कृषि उत्पादन क्षेत्र घोषणा गरिएको छ ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण