सुपर सिरिजका लागि महिला राष्ट्रिय टोलीको घोषणा
शनिबार, ०४ असोज २०८२, १२ : ४२
सारांश
- नेपाल क्रिकेट संघले मलेसियन सुपर वुमेन्स सिरिज र मलेसिया विरुद्धको टी-२० खेलका लागि महिला टोली घोषणा गर्यो।
- मलेसियामा सेप्टेम्बर २४ देखि ३० सम्म सुपर वुमेन्स सिरिजमा नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ।
- अक्टोबर २ देखि ८ सम्म मलेसियासँग पाँच टी-२० अन्तर्राष्ट्रिय खेलहरू खेलिनेछ।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियन सुपर वुमेन्स सिरिज र मलेसिया विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलहरूका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।
मलेसिया क्रिकेट संघद्वारा आयोजना हुने मलेसियन सुपर वुमेन्स सिरिज २०२५ सेप्टेम्बर २४ देखि ३० सम्म हुनेछ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पाँच फरक–फरक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यसपछि, टोली मलेसियामै अक्टोबर २ देखि ८ सम्म मलेसियाको राष्ट्रिय क्रिकेट टोलीसँग पाँच टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।
नेपाली टोली: इन्दु वर्मा (कप्तान), पूजा महतो (उप–कप्तान), राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री र सिता राना मगर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण