जेनजी आन्दोलनका सहिद परिवार र घाइतेले भने– हाम्रो रगतमाथि खेलबाड नहोस्
सारांश
- जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरूले रगतमाथि खेलबाड नगर्न आग्रह गरे।
- घाइतेहरूले सरकारले उचित सहयोग नगरेको र त्रासपूर्ण वातावरणमा बाँच्नुपरेको गुनासो गरे।
- आन्दोलनका अगुवाहरूले माग पूरा नभए आन्दोलन जारी राख्ने चेतावनी दिए।
काठमाडौँ । जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरूले आफूहरूको रगतमाथि खेलबाड नहोस् भन्ने चाहेको बताएका छन् । उनीहरूले आफैले कसैलाई सत्तामा पुर्याउन भन्दापनि समाजमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यको लागि लडेको बताए ।
शनिबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा घाइते अछामका आदित्य रावलले आफूहरूले कसैलाई कुर्सीमा पुर्याउनका लागि आन्दोलन नगरेको बताए । उनले सरकारले सहिद परिवार र घाइतेको जीविकोपार्जनबारे ठोस कार्यायोजना बनाउनु पर्ने माग समेत गरे । अहिले सरकारले दिएको सहयोग प्राप्त नहुने समेत बताए ।
त्यसैगरी घाइते गुल्मीका गोकर्ण विष्ट र हुम्लाका सुरेश ऐडीले आफूहरू त्रासको वातावरण बसेको बताए ।
त्यस्तै, घाइते प्रकाश विष्टकी दिदी दुर्गा विष्टले आफ्ना भाइहरूको रगत खेर जाने अवस्था सिर्जना भए आफूहरू पनि सडकमा निस्किन बाध्य हुने चेतावनी समेत दिइन् ।
घाइते आफन्त सरस्वती रावलले घाइतेहरूले अस्पतालकै बेडमा आफ्नो रगत खेर जाने अवस्था आउँछ कि भन्ने चिन्तामा रहेको बताइन् । उनले देश र जनताको लागि बगेको रगत खेर जानु नहुने बताइन् ।
जेनजी अगुवा सुप्रिया नेपालीले राजनीतिक स्थिरताको लागि आफूहरूले रगत बगाएको, विज्ञहरुको मन्त्रिपरिषद्, पूर्णसमानुपातिक निर्वाचन प्रणाली, शिक्षा, स्वास्थ्य निःशुल्क, २०४६ यता उच्च तहमा पुगेका राजनीतिज्ञ र प्रशासकहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग रहेको बताइन् । आफूहरूका माग पूरा नभए आन्दोलन जारी रहने चेतावनी समेत दिइन् ।
कार्यक्रममा जेनजी आन्दोलनका अगुवा प्रकाश रावलले २३ गतेको आन्दोलन देशको मुहार फेर्न भएको बताए । देशको बनाउन जन्मेका युवा भएको बताउँदै आफूहरूको शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले ताकिताकी गोली चलाएको बताए ।
सरकारले गोली हान्ने आदेश नदिएको भन्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइमा रावलले भने, ‘सरकारले गोली हान्ने आदेश दिएको होइन कसले गोली हानेको हो ?, छानबिन गर्नुपर्छ ।’ उनले भ्रष्टाचार, कुशासनको विरुद्ध शान्तिपूर्णरुपमा विरोध प्रदर्शनमा उत्रिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण