चीनमा नयाँ फेसन : छालामा होइन, अब दाँतमा ट्याटु
सारांश
- चीनमा युवाहरू माझ दाँतमा ट्याटु बनाउने नयाँ ट्रेन्ड लोकप्रिय हुँदैछ, जसले छालाको ट्याटुको चलनलाई पन्छाएको छ।
- यो ट्रेन्ड थ्रीडी प्रिन्टिङ प्रविधिबाट बनाइएको दाँतको खोलमा ट्याटु खोपेर गरिन्छ, र यसलाई फेर्न पनि सकिन्छ।
- दाँतको ट्याटुले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाएको छ, तर दन्त चिकित्सकहरूले यसको जोखिमबारे सचेत गराएका छन्।
बेइजिङ । चीनका युवाहरूमाझ शरीरको छालामा ट्याटु बनाउने पुरानो चलनलाई पन्छाउँदै दाँतमा ट्याटु बनाउने नयाँ ट्रेन्डले लोकप्रियता पाइरहेको छ। चिनियाँ मिडिया आउटलेट ग्वाङमिङको एक रिपोर्टअनुसार, दाँतमा कोरिएका प्रतीक र चित्रहरू अहिले नयाँ फेसन बनेको हो।
दाँतमा सिधै ट्याटु खोप्नु मुखको स्वास्थ्यका लागि जोखिमपूर्ण भए पनि यो ट्रेन्ड त्यति खतरनाक छैन जति सुनिन्छ। यो ट्याटु सिधै प्राकृतिक दाँतमा नभई थ्रीडी प्रिन्टिङ प्रविधिबाट बनाइएको दाँतको खोल (क्राउन) को सतहमा कोरिने गरिन्छ। त्यसपछि सो खोललाई दाँतमा राखिन्छ। यसको मुख्य फाइदा भनेको छालामा खोपिएको ट्याटु सजिलै हटाउन नसकिने भए पनि दाँतको ट्याटु भने क्राउन फेरेर सजिलै परिवर्तन गर्न सकिन्छ।
- किन लोकप्रिय हुँदैछ यो ट्रेन्ड?
कसै-कसैलाई छालाको ट्याटु पुरानो लाग्छ भने कसैले आफूलाई अरूभन्दा फरक देखाउन र भाग्यशाली मान्नका लागि दाँतमा ट्याटु खोप्ने गर्छन्। उनीहरू आफ्नो पार्टनरको नामको पहिलो अक्षर, आफ्नो भाग्यशाली नम्बर, वा ‘पैसा कमाउने’ वा ‘लक्ष्य प्राप्त गर्ने’ जस्ता वाक्यांशहरू पनि कोरिरहेका छन्।

यो ट्रेन्ड यति धेरै लोकप्रिय भएको छ कि ठूला दन्त क्लिनिकहरूले अहिले क्राउनको उपचार गराउने ग्राहकलाई दाँतको ट्याटु नि:शुल्क बोनसका रूपमा दिइरहेका छन्।
- यसको जोखिम के छ?
चिनियाँ सामाजिक सञ्जालमा दाँतको ट्याटुले धेरै सकारात्मक प्रतिक्रिया पाइरहे पनि सबै दन्त चिकित्सकले भने यसको सिफारिस गर्दैनन्। सांघाईका एक दन्त चिकित्सकले चाइना डटकमलाई बताएअनुसार, क्राउनमा अक्षर वा डिजाइन बनाउनु चिकित्सकीय रूपमा राम्रो मानिँदैन। यसो गर्दा क्राउनको बलियोपन घट्न सक्छ र यसको आयु पनि कम हुन सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण