जेनजी नागरिकको हत्या गरिएकोमा नेसपाद्वारा भर्त्सना
सारांश
- नेसपाले जेनजीको शान्तिपूर्ण प्रदर्शनमा भएको दमनको भर्त्सना गरेको छ।
- पार्टीले तोडफोड र आगजनीका घटनाको निन्दा गर्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गरेको छ।
- नेसपाले फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न सहयोगको आह्वान गरेको छ।
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)ले भदौ २३ र २४ गते जेनजीले गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको दमनको भर्त्सना गरेको छ । शनिबार बसेको सचिवालय र कार्यसमितिको बैठकले हत्याको भर्त्सना गरेको हो ।
बैठकले आन्दोलनका क्रममा घुसपैठ गरी सार्वजनिक, निजी, सम्पत्तिमा लुटपाट, तोडफोड, आगजनी ध्वंस गर्ने, ऐतिहासिक संसद् भवन, राष्ट्रपति भवन, सिंहदरवार, सर्वोच्च अदालत लगायत सरकारी संरचनाहरू,पार्टीका कार्यालयहरू, घर, निवास, व्यापारिक व्यावसायिक गृहहरूमा आगजनी, तोडफोडका घटनाप्रति निन्दा गरेको छ ।
‘भदौ २३ र २४ गतेको जेनजीको शान्तिपूर्ण आन्दोलनमा दर्जनौँ नागरिकको हत्या गरिएको प्रति घोर भर्त्सना गर्दछौँ । उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी, दोषीमाथि कडा कारबाहीको माग गर्दछौँ, आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।
अन्तरिम सरकारले घोषणा गरेको फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचन घोषित मितिमा सम्पन्न गर्न सहयोगका लागि सबैमा आह्वान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण