गाजामा इजरायली हमला : ९१ जनाको मृत्यु, तेल अभिवमा युद्धविरामको माग
सारांश
- शनिबार इजरायली आक्रमणमा गाजामा ९१ प्यालेस्टिनीको मृत्यु भएको अल जजिराले जनाएको छ।
- आक्रमणले आवासीय घर, विस्थापित शिविर र नागरिक बोकेका ट्रकलाई निशाना बनायो, जसले मानवीय संकट निम्त्यायो।
- हमासले बन्दीहरूको सुरक्षाको चिन्ता व्यक्त गर्दै इजरायलसँग सम्झौताको माग गरेको छ, हजारौंले युद्ध रोक्न प्रदर्शन गरेका छन्।
गाजा सिटी । इजरायली सेनाको तीव्र हवाई र स्थल आक्रमणले शनिबार गाजामा एकै दिन ९१ जना प्यालेस्टिनीको ज्यान लिएको अल जजिराले जनाएको छ । मृतकहरूमा एक प्रमुख चिकित्सकका आफन्त र उत्तरी गाजाबाट भागिरहेका नागरिकहरू पनि परेका छन् ।
आक्रमणले आवासीय घर, विस्थापितका शिविर र नागरिक बोकेको ट्रकलाई निशाना बनाएको थियो । यसै क्रममा गाजाको सबैभन्दा ठूलो अस्पताल अल–सिफाका निर्देशक मोहम्मद अबु साल्मियाको परिवार घरमै मारिएको थियो ।
हमासले यसलाई ‘चिकित्सकहरूलाई सहर छोड्न बाध्य पार्ने आतङ्कवादी सन्देश’ भन्दै निन्दा गरेको छ । अर्को आक्रमणले गाजाको नासर क्षेत्रमा ट्रकमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको थियो ।
अल जजिराकी संवाददाता हिन्द खोदारीका अनुसार हजारौँ विस्थापित निरन्तर बमबारी, तोप आक्रमण र ड्रोन आक्रमणबाट भागिरहेका छन् । इजरायली सेनाले विस्फोटक भरिएका रोबोट प्रयोग गरी क्षेत्र ध्वस्त पारिरहेको बताइएको छ । उद्धारकर्ताहरू फसेका घाइतेहरूसम्म पुग्न नसकेको पनि उनले बताए ।
अगस्टदेखि मात्रै गाजा सहरमा करिब चार लाख ५० हजार मानिस विस्थापित भइसकेका छन् । इजरायली सेनाले दुई हप्तामा २० वटा टावर भवन भत्काएको दाबी गरेको छ । धेरै विस्थापितहरूले सडक किनारमा त्रिपाल हालेर कठोर परिस्थितिमा बस्न बाध्य भएको जनाइएको छ ।
दक्षिणी अल–मवासीमा पनि अवस्था गम्भीर छ । ‘पानी, स्वास्थ्य सेवा र स्वच्छताको पहुँच अत्यन्तै कठिन छ, जसले स्वास्थ्य सङ्कट निम्त्याउन सक्छ’, डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) का मिचेल फोटिआडिसले भने ।
हमासले गाजामा बाँकी ४८ बन्दीहरू आक्रमणका कारण खतरा बढेको चेतावनी दिएको छ । यसको सशस्त्र शाखा कासम ब्रिगेडले बन्दीहरूको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरेको छ । यसैबिच, हजारौँ मानिसले तेल अभिवमा युद्ध रोक्न माग गर्दै प्रदर्शन गरेका छन् ।
उनीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हमाससँग सम्झौता गरी बन्दीहरू मुक्त गर्न दबाब दिए । प्रदर्शनकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि इजरायललाई सम्झौता गर्न दबाब दिन आग्रह गरे ।
अल जजिराका पत्रकार हमदाह सलहुतका अनुसार यी प्रदर्शनहरूले इजरायली सरकारलाई अझै असर पारेको छैन । बरु नेतान्याहुको दक्षिणपन्थी गठबन्धनले प्रदर्शनलाई इजरायलको शत्रुको पक्षमा काम गरेको भन्दै आलोचना गरेको छ ।
बन्दीका परिवारहरूले भने निरन्तर सैन्य कारबाहीले आफ्ना प्रियजनहरूको जीवन जोखिममा परेको बताएका छन् । हप्तौँदेखि भइरहेका प्रदर्शनहरू ‘पर्याप्त नै पर्याप्त’ भन्ने सन्देश पठाउँदै हाल पश्चिम जेरुसेलममा नेतान्याहुको घरअगाडि समेत पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण