शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

पालमुनि भए पनि न्यायको दीप निभ्न दिँदैनौँ : मुख्य रजिस्ट्रार पौडेल

२५ हजार मिसिलमध्ये ३ हजार मात्रै सुरक्षित
आइतबार, ०५ असोज २०८२, १७ : १२
आइतबार, ०५ असोज २०८२

सारांश

  • सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारले भवन जले पनि न्याय प्रदान गर्ने कार्य जारी रहने बताए।
  • उनले देशभरका अदालतबाट न्यूनतम सेवाहरू सुरु भइसकेको जानकारी दिए, तर हजारौं मिसिलहरू हराएका छन्।
  • कर्मचारीको मनोबल उच्च राख्न सुरक्षाको प्रत्याभूति र आईटी सेवाहरू पुनर्स्थापना गर्ने कुरामा जोड दिए।

काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतको भवन जलेर नष्ट भए पनि न्यायको दीप ननिभेको बताएका छन्। उनले 'पाल' मुनिबाटै भए पनि न्याय प्रदान गर्ने कामलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आइतबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले राष्ट्रका तीन प्रमुख अंगहरू– व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका– सबै ध्वस्त भएको भन्दै यो चुनौतीलाई अवसरमा बदल्नुपर्ने बताए। उनले नेपालभरका सबै अदालतबाट न्यूनतम सेवाहरू सुरु भइसकेको जानकारी दिए।

मुख्य रजिस्ट्रार पौडेलका अनुसार, करिब २५ हजार मिसिलमध्ये ३ हजार मात्रै सुरक्षित भेटिएका छन्। बाँकी २२ हजार मिसिलको पुनःप्राप्तिका लागि नेपाल बार एसोसिएसन र महान्यायाधिवक्ताको कार्यालयबाट सहयोग मागिने उनले बताए।

उनले न्याय सम्पादनमा कर्मचारीहरूको मनोबल उच्च राख्न सुरक्षाको प्रत्याभूति दिनुपर्ने आवश्यकतामा जोड दिए। सर्वोच्च अदालतमा इजलासहरू 'पाल' मुनि सञ्चालन गर्नुपरेको अवस्थालाई उनले 'विडम्बनापूर्ण' भनेका छन्। 

उनले आईटीको सर्भरहरू पुनर्स्थापित गरेर सबै सेवाहरूलाई पुरानै अवस्थामा फर्काउने तयारी भइरहेको पनि बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप