दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई पक्राउ
नेपालगञ्ज । नेपालगञ्जमा दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई जना चोरलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
नेपालगञ्ज उपहानगरपालिका–३ एकलैनीमा आज चोरी गर्न आएका पाँच जनाको समूहले विद्युत् पोलको लाइटमा ढुङ्गा हानेर फोड्न लाग्दा स्थानीयले उनीहरूलाई घेराउ गरी नियन्त्रणमा लिन खोज्दा सुरुमा एक जना पक्राउ परेको र अन्य भागेको वडा नं ३ का अध्यक्ष मोहम्मद अय्युब सिद्दिकीले जानकारी दिए ।
एक जनालाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा अर्का एक बोरा बोकेका व्यक्ति साथीको अवस्था बुझ्न आएको अवस्थामा उनलाई पनि पक्रेर प्रहरीलाई बुझाइएको उनले बताए ।
ती व्यक्तिले बोकेको बोरामा दुई हजार ९६ थान गोलीका खोका र केही औजार भेटिएका वडाध्यक्ष सिद्दिकीले जानकारी दिए । स्थानीयले नियन्त्रणमा लिएका दुवै जनालाई वडा प्रहरी कार्यालय नेपालगन्जमा बुझाइएको छ ।
पक्राउ परेकामध्ये एक जना बर्दिया र अर्को भारत बाबागञ्जको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले स्थानीयले नियन्त्रणमा लिएर बुझाएका चोर र उनीहरूबाट बरामद भएका गोलीका खोकाबारे अनुसन्धान भइरहेको बताए ।
यसअघि यहाँ चोरी गर्ने चेतावनी दिँदै त्यसअघि विद्युत् पोलमा पर्चा टाँसिएको भेटिएको थियो । यहाँ स्थानीयवासीले टोलमा रातभरि नियमित गस्ती गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाविरुद्ध बेल्जियमको सुरुवाती अग्रता
-
स्पेनले अन्तिम क्षणमा गोल गर्दा बाहिरियो पोर्चुगल
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण