डा. नवराज लम्सालको ‘कल्प’ कतारमा विमोचन
सारांश
- डा. नवराज लम्सालको महाकाव्य 'कल्प' कतारमा विमोचन गरियो, अनेसास कतार च्याप्टरले आयोजना गरेको थियो।
- युवा पुस्ताले महाकाव्य विमोचन गरे, लेखक लम्सालले सबैलाई आभार व्यक्त गरे र हस्ताक्षरसहितको प्रति सुरक्षित राख्ने बताए।
- डा. लम्साल 'अग्नि' महाकाव्यका लागि मदन पुरस्कार विजेता हुन्, उनले 'कल्प' लाई आफ्नो उत्कृष्ट कृति भनेका छन्।
दोहा । गत महिना काठमाडौंमा विमोचन भएको डा. नवराज लम्सालको नयाँ महाकाव्य ‘कल्प’ कतारमा पनि विमोचन गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरको ११औँ अधिवेशनको अवसर पारेर दोहामा यो कृति विमोचन गरिएको हो।
महाकाव्य ‘कल्प’को विमोचन डा. लम्सालभन्दा कम उमेरका युवाहरूले गरेका हुन्। आफूलाई भाइबहिनी पुस्ताले उठाएको कवि मान्ने लम्सालले यो विमोचनका साक्षी बनेर पुस्तकमा हस्ताक्षर गर्ने सबैप्रति आभार व्यक्त गरे। उनले हस्ताक्षर भएको प्रति सुरक्षित रूपमा काठमाडौँ लगेर राख्ने बताए।
नेपाली महाकाव्य लेखनमा आफ्नो विशेष पहिचान बनाएका डा. लम्साल ‘अग्नि’ महाकाव्यका लागि २०७८ सालको मदन पुरस्कार विजेता कवि हुन्। रेडियो नेपालको जागिर छोडेर लेखनमा सक्रिय लम्सालले ‘कल्प’लाई आफ्नो मस्तिष्क निचोरिएको कृति भनेका छन्। यो महाकाव्यलाई उनको वैश्विक चेतनाले भरिएको एक उच्चस्तरको कृति मानिएको छ।
शिखा बुक्सले प्रकाशन गरेको यस महाकाव्यसहित डा. लम्सालका हालसम्म चार महाकाव्य, तीन कविता संग्रह र दुई गीत संग्रह गरी जम्मा नौ पुस्तक प्रकाशित छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण