अपडेट
यो लोकमा हुँदासम्म प्रचण्डले हाम्रो नेतृत्व गर्नुपर्छ : मातृका
सोमबार, ०६ असोज २०८२, १० : १६
सारांश
- माओवादी केन्द्रको बैठकमा नेता मातृका यादवले प्रचण्डको विकल्प नभएको बताए।
- यादवले जेएनजी आन्दोलनले पुराना पार्टीका सोच ध्वस्त पार्दा पनि पदाधिकारी तहमा नफिरेको दाबी गरे।
- यादवले प्रचण्डलाई धेरै नबोल्न र आवश्यक परेमा आफूहरू बोल्न तयार रहेको सुझाव दिए।
काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठकमा नेता मातृका यादवले पार्टीमा प्रचण्डको विकल्प नभएको बताएका छन् ।
आइतबार बसेको पदाधिकारी बैठकमा यादवको भनाइ उदृत गर्दै एक नेताले भने, 'प्रचण्डले यो लोकमा हुँदासम्म हाम्रो नेतृत्व गर्नुपर्छ। यो लोकमा मात्रै होइन साँच्चै परलोक हुन्छ भने त्यहाँपनि उहाँले नै हाम्राे नेतृत्व गर्नुपर्छ ।'
यादवले जेएनजी आन्दोलनले पुराना पार्टीका सोच विचार ध्वस्त पार्दा पनि पदाधिकारी तहमा भने नफिरेको दाबी समेत गरे ।
यसैगरी यादवले प्रचण्डलाई आफैं फस्नेगरी धेरै नबोल्न समेत सुझाव दिएको ती नेताको भनाइ छ । आवश्यक हुँदा अध्यक्षको रक्षाका लागि आफूहरु पनि बोल्न तयार रहेको भन्दै उनले प्रचण्डलाई आफैं भने फस्नेगरी धेरै नबोल्न आग्रह गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण