शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पार्टी कार्यालय राख्ने भवन खोज्दै नेकपा एमाले

सोमबार, ०६ असोज २०८२, १० : २४
सोमबार, ०६ असोज २०८२

सारांश

  • भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी हुँदा च्यासलस्थित पार्टी कार्यालयमा क्षति पुगेपछि एमालेले नयाँ भवन खोज्न थालेको छ।
  • आन्दोलनकारीले कार्यालयमा आगजनी र तोडफोड गरेपछि बैठक र अन्य गतिविधि सञ्चालन गर्न नमिल्ने अवस्था आएकोले नयाँ भवनको खोजी गरिएको हो।
  • एमालेले आन्दोलनका क्रममा नेताहरूको घर र अन्य क्षतिको विवरण सार्वजनिक गर्ने तयारी गरेको छ, र विवरण संकलन भइरहेको छ।

काठमाडौँ । च्यासलको पार्टी कार्यालय भदौ २३ र २४ को आन्दोलनका क्रममा आगजनी भएर काम नलाग्ने भएपछि नेकपा एमालेले केन्द्रीय कार्यालय राख्ने भवन खोज्न सुरु गरेको छ ।

आन्दोलनकारीले कार्यालयमा आगजनी र तोडफोड गरेर ध्वस्त भएकाले बैठक बस्न र पार्टीका अन्य गतिविधि समेत सञ्चालन गर्न मिल्ने अवस्था नभएकाले नयाँ भवनको खोजी गर्नुपरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।

आन्दोलनकारीले केन्द्रीय कार्यालयसहित प्रदेश तथा जिल्ला पार्टी कार्यालय समेत आगजनी र तोडफोड भएको एमालेले जनाएको छ । एमाले नेताहरुका अनुसार नेता कार्यकर्ताहरूले काठमाडौँ र ललितपुरमा केही भवनहरू कार्यालयका लागि हेरे पनि टुङ्गो लागिसकेको छैन ।

उनीहरूका अनुसार केही दिनमै महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालयको बैठक बसेर निर्णय गर्ने तयारी छ । त्यस्तै एमालेले आन्दोलनका क्रममा केन्द्रीय नेताहरूको घर र अन्य क्षतिको विवरणसमेत सार्वजनिक गर्ने तयारी गरेको छ । विवरणहरू संकलन भइरहेकाले केही दिनमै क्षतिबारे जानकारी गराउने कार्यालय सचिव अधिकारीले जानकारी दिए ।

‘प्रदेश–प्रदेशमा क्षतिको विवरण संकलन गरेर पठाउन भनिएको छ । केन्द्रको हकमा पनि विवरण संकलन गर्ने काम भइरहेको छ’, अधिकारीले भने,‘कार्यालयको बैठक बसेपछि क्षतिको विवरण पनि सार्वजनिक हुनेछ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप