फिलिपिन्स नजिक आयो शक्तिशाली ताइफु
सारांश
- फिलिपिन्सको नजिकै रागासा नामको सुपर ताइफु आएको छ, जसले विनाश निम्त्याउन सक्ने अनुमान छ।
- टाइफुको कारण फिलिपिन्समा विद्यालय र सरकारी कार्यालयहरू बन्द गरिएका छन्, र बाढीपहिरोको चेतावनी दिइएको छ।
- सुपर ताइफु पाँचौँ श्रेणीको समुद्री आँधी बराबर रहेको छ, र यसले ताइवानमा पनि वर्षा गराउन सक्ने सम्भावना छ।
मनिला । रागासा नाम गरेको सुपर ताइफु फिलिपिन्सको नजिक आइपुगेको छ । क्षेत्रीय अधिकारीहरूले यसलाई विनाशकारी हुनसक्ने भनेका छन् । रागसा ताइफु प्रतिघण्टा २३० किमीका दरले अगाडि बढिरहेको छ ।
सोमबार उत्तरी चीनतर्फ लाग्नुअघि यसले उत्तरी टापुमा पहिरो खसाएको थियो । ताइफुका कारण मान्छेको ज्यान नै जाने आँधी आउन सक्ने फिलिपिनी मौसम विभागले भनेको छ । राजधानी मनिलासमेत देशको अधिकांश हिस्सामा विद्यालय र सरकारी कार्यालय बन्द गरिएको छ ।
त्यसलगत्तै अधिकारीहरूले बाढी र पहिरो जानसक्ने चेतावनी दिएका छन् । ताइफुका कारण पहिरो जान सक्ने भविष्यवाणी गरिएको सुदूरको बातानेज टापुमा करिब २० हजार मानिस बस्छन् । यीमध्ये अधिकांश गरिबीमा बाँचिरहेका छन् ।
यो टापु ताइवानबाट ७४० किम पर छ । रागासा ताइफुले ताइवानलाई सिधै प्रभावित नपारेपछि त्यहाँको पूर्वी टापुमा भारी वर्षा गराउन सक्ने बताइएको छ । सुपर ताइफु पाँचौँ श्रेणीको समुद्री आँधी बराबर हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण