बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्यालेस्टाइनलाई मान्यता दिने नेताहरूलाई नेतन्याहुले दिए यस्तो सन्देश

सोमबार, ०६ असोज २०८२, ११ : ४०
सोमबार, ०६ असोज २०८२

सारांश

  • बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई देशको रूपमा मान्यता दिएपछि इजरायल रुष्ट बनेको छ।
  • इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्यालेस्टाइनलाई देशको मान्यता दिने कार्यको विरोध गर्दै प्रतिक्रिया जनाएका छन् ।
  • नेतान्याहुले प्यालेस्टिनी राज्यको सम्भावना नरहेको र यस कदमले आतङ्कवादलाई प्रोत्साहन गर्ने बताए ।

तेल अभिभ । बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई देशको रूपमा मान्यता दिएपछि इजरायल यी देशसँग रुष्ट छ । यसैबिच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकाबाट फर्केपछि यस मामिलामा प्रतिक्रिया दिने इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएकाे छ ।

नेतान्याहूले एक विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘कुनै प्यालेस्टिनी राज्य हुनेछैन । हाम्रो भूमिको बिचमा आतङ्कवादी राज्य थोपर्ने हालैको प्रयासको जवाफ म अमेरिकाबाट फर्केपछि दिइनेछ ।’

‘अक्टोबर ७ मा भएको नरसंहार पछि प्यालेस्टाइनलाई देशको रूपमा मान्यता दिने नेताहरूलाई मेरो स्पष्ट सन्देश यो हो कि तपाईंहरू आतङ्कवादलाई ठुलो इनाम दिइरहनुभएको छ’ अझ अगाडि उनले भनेका छन् । 

‘म सँग अर्को एउटा पनि सन्देश छ, यो सम्भव हुनेछैन । जोर्डन नदीको पश्चिममा कुनै प्यालेस्टिनी राज्य हुनेछैन’ विज्ञप्तिमा भनिएको छ । आइतबार, बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई आधिकारिक रूपमा मान्यता दिएका थिए ।

यसपछि इजरायली विदेश मन्त्रालयले प्यालेस्टाइनलाई देशको रूपमा मान्यता दिनु जिहादी हमासको लागि इनाम बाहेक अरू केही नभएको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप