बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ महानगरपालिकाले आन्दोलनका क्रममा ६० स्थानमा आगलागी निभायो

सोमबार, ०६ असोज २०८२, १३ : ५८
सोमबार, ०६ असोज २०८२

सारांश

  • काठमाडौं उपत्यकामा साउन २३ र २४ गते भएका आगलागीका घटना नियन्त्रण गर्न महानगरले दमकल परिचालन गरेको जनाएको छ।
  • महानगरका अनुसार आन्दोलनका कारण दमकल घटनास्थल पुग्न नसकेको र दमकल सेन्टर न्युरोड, बालाजु र रामिटीमा रहेको थियो।
  • साउन २३ र २४ गते ३० भन्दा बढी आगलागीका घटनामा दमकल पुगेको र महानगर क्षेत्रबाहिर पनि दमकल परिचालन गरिएको थियो।

काठमाडौँ । साउन २३ र २४ गते जेनजीको आन्दोलनका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न ६० स्थानमा भएका आगलागी घटनाहरू नियन्त्रण गर्न महानगरपालिकाले पूर्ण रूपमा दमकल परिचालन गरेको बताएको छ । महानगरले जेनजी आन्दोलनका क्रममा दमकल परिचालन नगरेको आरोप लागिरहेका बेला यस्तो बताएको हो ।

महानगरको विपद् व्यवस्थापन विभागका अनुसार महानगरसँग उपलब्ध ५ वटै दमकल खटिएका थिए, जसले आन्दोलनका कारण उत्पन्न आगलागीबाट थप क्षति रोक्न महत्त्वपूर्ण भूमिका खेलेको छ। यद्यपि, आन्दोलनकारीहरूको जुलुस, सडक अवरोध र ढुङ्गा मुढा जस्ता क्रियाकलापका कारण दमकलहरू तत्काल घटनास्थल पुग्न नसकेको विभाग स्विकारोक्ति छ ।

महानगरपालिका प्रहरी बलका वरिष्ठ नगर प्रहरी उपरीक्षक  प्रमुख राजुनाथ पाण्डे भने- ‘हामीले विभिन्न ठाउँमा, महानगर क्षेत्रभित्र मात्र होइन बाहिर पनि रहेका आगलागी घटनाहरू निभाउन प्रयत्न गरेका थियौँ। चौबीस गते बेलुकासम्म विभिन्न ठाउँमा भएको आगजनीमा दमकल पठाउन खोज्दा हाम्रो दमकल सेन्टर न्युरोड, बालाजु र रामिटी बहुवोटमा रहेको थियो। साँझदेखि नै प्रायोगिकबाट सर्वोच्च अदालत, सिंहदरबार लगायतका महत्त्वपूर्ण ठाउँहरूको आगजनी जोगाउन प्रयत्न गरेका थियौँ। तर तत्कालीन अवस्थामा जुलुस, आन्दोलनका कारण सडकमा आन्दोलन जारी भएकाले दमकल निस्कन सकेन। न्युरोडबाट निस्कन खोज्दा त्यहाँ नै आगजनी भइरहेको थियो, दमकलको गेट अगाडि गाडीहरू जलिरहेका थिए। नेपाली सेनासँग समन्वय गरे पनि तत्काल सम्भव भएन।”

विभागबाट प्राप्त विवरणअनुसार साउन २३ गतेदेखि नै दमकल टोलीहरू सक्रिय थिए । साउन २३ मा मात्रै संसद् भवन अगाडि, एम्बुलेन्समा, सुन्धारा मोडमा, शान्तिनगरको बिजुलीको पोलमा जस्ता स्थानहरूमा आगलागी निभाउन ११ घण्टाभन्दा बढी समयसम्म दमकल सञ्चालन गरिएको थियो ।

साउन २४ मा विशालबजारको जनसेवा प्रहरी वृत्त तथा हिमालय बैंकमा, नयाँ बानेश्वरको राष्ट्रिय वाणिज्य बैंकमा, सिंहदरबार परिसरभित्र लगायतका क्षेत्रहरूमा तत्काल प्रतिक्रिया दिइएको थियो। यीमध्ये धेरैजसो आन्दोलनकारीहरूले बाल्न थालेका टायर, फोहोर र अन्य सामग्रीका आगलागी थिए। दमकल टोलीहरूले बिहान ११ बजेदेखि राति ८ बजेसम्मका विभिन्न समयमा न्यूरोड, बालाजु, रामहिटी जस्ता स्थानहरूबाट सवारी साधनहरू प्रयोग गरी घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए।

 साउन २३ र २४ गतेका लागि मात्रै ३० भन्दा बढी आगलागीका घटनामा दमकल पुगेका थिए। यसबाहेक महानगर क्षेत्रबाहिर भागबगिनी, हिल्टन होटेल लगायतका स्थानहरूमा पनि दमकल परिचालन गरेको पाण्डेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप