टिकटक किन्ने सम्झौतामा मुर्डक परिवार पनि सामेल
सारांश
- अमेरिकी लगानीकर्ताहरूको समूहले टिकटक किन्न लागेको छ, जसमा रुपर्ट मुर्डक पनि सहभागी हुनेछन्।
- ट्रम्पले टिकटकलाई अमेरिकामा चलाइराख्न लगानीकर्ताहरूको सम्झौतालाई समर्थन गरेका छन्।
- बाइटडान्सले टिकटक नबेचेमा अमेरिकामा एपमाथि प्रतिबन्ध लाग्ने सम्भावना छ।
क्यालिफोर्निया । अमेरिकी लगानीकर्ताहरूको एउटा समूहले चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटक किन्न लागेको छ । यो समूहमा मिडिया टाइकुन रुपर्ट मुर्डक र उनको छोरा लाच्लन पनि सहभागी हुने अपेक्षा गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् ।
आइतबार फक्स न्युजमा दिएको अन्तरवार्तामा उनले यो कुरा भनेका हुन् । अमेरिकामा टिकटकलाई चलाइराख्ने सम्भावित सम्झौतामा मुर्डकलगायतका व्यापारीहरू पनि सहभागी हुने सम्भावना रहेको उनले बताए । सम्झौतामा ओर्याकलका ल्यारी एलिसन र डेलका संस्थापक माइकल डेल पनि सामेल हुन बताइएको छ ।
‘मलाई लाग्छ कि यिनीहरूले निकै राम्रो काम गर्नेछन्,’ ट्रम्पले भने । यिनीहरूलाई ट्रम्पले अमेरिकी देशभक्तको संज्ञा दिएका छन् । ट्रम्पले यो हप्ताको सुरुमा चिनियाँ समकक्षी सी चिनफिङसँग फोनमा कुराकानी गरेका थिए ।
बाइटडान्सले टिकटकको अमेरिकी व्यवसायलाई बेचेन भने अमेरिकामा एपमाथि पूर्णतः प्रतिबन्ध लाग्नेछ । तर ट्रम्पले दोस्रो कार्यकाल सुरु भएयता बारम्बार प्रतिबन्धको म्याद पछाडि धकेलिरहेका छन् । अमेरिकी लगानीकर्ताहरूले किनेर भए पनि टिकटक सञ्चालनमा आइरहोस् भन्ने चाहना ट्रम्पको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण