अपडेट
जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई अमेरिकी नागरिक पक्राउ
सोमबार, ०६ असोज २०८२, १६ : ४५
सारांश
- अमेरिकी नागरिक माइकल नोर्मन टेलर र जसोन लोड मुडीलाई प्रहरीले पक्राउ गरेको छ, जो आन्दोलनका क्रममा फरार भएका थिए।
- टेलर बाल यौन दुराचार मुद्दामा कास्की कारागारबाट भागेका थिए भने मुडी जबर्जस्ती करणी मुद्दामा जगन्नाथ देवल कारागारबाट भागेका थिए।
- फरार दुवै अमेरिकी नागरिकलाई सोमबार काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरिएको छ।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई अमेरिकी नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
ब्यूरोका अनुसार कास्की जिल्ला अदालतको आदेशले बाल यौन दुराचार मुद्दामा कारागार कार्यालय कास्कीमा कैद भुक्तान गरिरहेका अमेरिकी नागरिक माइकल नोर्मन टेलर र काठमाडौँ जिल्ला अदालतको आदेशले कारागार कार्यालय जगन्नाथ देवलमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका जसोन लोड मुडी भदौ २४ गते सम्बन्धित कारागारबाट फरार भएका थिए ।
केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरूलाई सोमबार काठमाडौँको महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एवं ब्यूरोका निमित्त प्रवक्ता धर्मराज भण्डारीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण