स्वास्थ्यवस्था
झलनाथ पत्नी रविलक्ष्मीको स्वास्थ्य अवस्था जटिल, थप उपचारका दिल्ली लगिँदै
सोमबार, ०६ असोज २०८२, २० : ५४
सारांश
- पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ।
- भदौ २४ गतेको आन्दोलनका क्रममा घरमा आगजनी हुँदा उनी घाइते भएकी थिइन्, र देब्रे हात काटिएको थियो।
- उनलाई निमोनिया देखिएपछि चिकित्सकको सुझाव अनुसार भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गरिनेछ।
काठमाडौँ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ ।
आन्दोलनकारीले निजी निवास डल्लुस्थित घरमा आगजनी गर्दा रवि लक्ष्मी जलनमा परेकी थिइन् । सोही दिन उनलाई सैनिक अस्पताल हुँदै कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो ।
उपचारका क्रममा उनको देब्रे हात काटिए पनि सोचेअनुसार स्वास्थ्यमा सुधार हुन सकेन । पछिल्लो समय उनलाई निमोनिया समेत देखिएपछि थप उपचारका लागि भारत लैजान चिकित्सकले समेत सुझाव दिएको बताइएको छ ।
स्रोतका अनुसार नेता खनाल र छोरा निर्भिक पनि उनीसँगै दिल्ली प्रस्थानको तयारीमा छन् । सोमबार राति १० बजे उनीहरू भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गर्ने गरी प्रस्थान गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण