सूचना निकालेको झण्डै २ वर्षपछि दुर्गमका गाउँपालिकालाई काठमाडौँ महानगरको एम्बुलेन्स, तस्बिरहरु
सारांश
- काठमाडौँ महानगरपालिकाले दुर्गम गाउँपालिकाहरूलाई मंगलबारदेखि एम्बुलेन्स वितरण सुरु गरेको छ।
- महानगरले स्वास्थ्य सुविधा अभाव भएका ३५ वटा गाउँपालिकाहरूलाई एम्बुलेन्स वितरण गर्दैछ।
- मेयर बालेन शाहले आर्थिक वर्ष २०८०/८१ को बजेटअनुसार एम्बुलेन्स वितरण सुरु गरेका हुन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सूचना निकालेको झण्डै २ वर्षपछि मंगलबारदेखि दुर्गमका गाउँपालिकाहरूलाई एम्बुलेन्स वितरण सुरु गरेको छ ।
महानगरले देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न थालेको हो । आइतबार महानगर प्रमुख बालेन शाहले विगत एक वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण हुने भन्दै सामाजिक सञ्जालमा हालेका थिए ।
एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ ।
महानगरले आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणा अनुसार ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागेको हो । यसको लागि २०८० असोज १० गते देशभरीका गाउँपालिकासँग महानगरले निवेदन मागेको थियो ।
सूचना बमोजिम माग भएका निवेदनका आधारमा निश्चित मापदण्ड भित्र छनोट गरेर महानगरले गाउँपालिकाहरूलाई नियमअनुसार एम्बुलेन्स उपलब्ध गराउन थालेको हो । महानगरले एम्बुलेन्स खरिदका लागि उक्त आर्थिक वर्षमा ७ करोड रुपैयाँ बजेट छुट्टाएको थियो ।
काठमाडौँमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि काठमाडौँ महानगरका मेयर बालेनको खोजी भएको थियो । कतिपयको आलोचना समेत गरिरहेका बेला बालेनले एम्बुलेन्स बाँड्ने घोषणा गरेर मंगलबारदेखि सुरु गरेका हुन् ।
_UnYyxSedbd.jpg)
_bkevCxUbcP.jpg)
_DA3zegxm8E.jpg)
_oa5282F0oq.jpg)
_wUXEXoiSh3.jpg)
_auTqbUfY6x.jpg)
_qEkmasr1s2.jpg)
_GSsgwGVnbl.jpg)
_1udGdDld9L.jpg)
_FAZGOn8vVS.jpg)
_GDtHZ2vHxF.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण