‘सबैले चुनावमा भाग लिन सक्ने वातावरण बनाउने काममा सरकारको अर्जुनदृष्टि’
सारांश
- सञ्चारमन्त्रीले फागुन २१ गतेको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित बनाउने प्रतिबद्धता जनाए।
- मन्त्रीले निर्वाचन आयोगलाई आवश्यक व्यवस्था मिलाउन सरकारले ढिलाइ नगर्ने बताए।
- उनले सुशासन, भ्रष्टाचार नियन्त्रणलगायतका मागहरूमा जनताले महसुस गर्ने गरी काम गर्ने बताए।
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउनु सरकारको प्रमुख दायित्व रहेको बताएका छन्।
मंगलबार हेम-सुनील जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले सो निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले निर्वाचन आयोगलाई आवश्यक सबै व्यवस्था मिलाउन सरकारले ढिलाइ नगर्ने बताए।
मन्त्री खरेलले भने, ‘फागुन २१ गते शान्तिपूर्ण, स्वतन्त्र र धाँधलीरहित चुनाव गराउनका लागि वातावरण तयार गर्ने र निर्वाचन आयोगलाई जस्तो वातावरण चाहिन्छ, त्यो सरकारले मिलाइदिन्छ। सबैले चुनावमा भाग लिन सक्ने वातावरण तयार गर्ने सरकारको दायित्व हो, त्यसलाई सरकारले अर्जुनदृष्टिमा राखेको छ।’
उनले जेनजी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र चुस्त सार्वजनिक सेवा प्रवाहजस्ता मागहरू रातारात पूरा नहुने भए पनि जनताले महसुस गर्ने गरी काम गर्ने बताए। आन्दोलनका क्रममा भएको सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको क्षतिको छानबिन गरी संलग्नमाथि कारबाही प्रक्रिया अगाडि बढाउने पनि उनले जानकारी दिए।
उनका अनुसार, सरकारको मुख्य प्राथमिकता सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउने र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण