झापामा अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने
सारांश
- शिवसताक्षी नगरपालिकामा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता कात्तिक १५ देखि २२ गतेसम्म हुने भएको छ।
- प्रतियोगिताको विजेतालाई रु १० लाख र उपविजेतालाई रु पाँच लाख पुरस्कार प्रदान गरिनेछ।
- प्रतियोगितामा नेपाल, भारत र भुटानका आठ वटा महिला फुटबल टोलीको सहभागिता रहनेछ।
झापा । शिवसताक्षी नगरपालिकामा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
आगामी कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विजेता टोलीलाई रु १० लाख नगद पुरस्कार प्रदान गरिने गोल्डकप आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताए । उनले महिला फुटबल प्रतियोगिताको इतिहासमा यो पुरस्कार नेपालमै सर्वाधिक राशिको भएको दाबी गरे । प्रतियोगिताको उपविजेतालाई नगद रु पाँच लाख, सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख ५० हजार प्रदान गरिने उनले जानकारी दिए ।
प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्तालाई जनही नगद रु २५ हजार पुरस्कार प्रदान गरिने भएको छ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद रु १५ हजार र ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगितामा नेपाल, भारत र भुटानका आठ वटा महिला फुटबल टोलीको सहभागिता रहने जनाइएको छ । नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपीएफ र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिता टुङ्गो लागि सकेको उनले बताए ।
भारतको एउटा टोली र भुटानको अर्को टोलीले प्रतियोगितामा भाग लिनेछन् भने नेपालका ए डिभिजनका तीन वटा क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।
महिला खेलाडीलाई प्रोत्साहन गर्दै महिला खेलाडी उत्पादनमा टेवा पुर्याउने र उनीहरूका लागि निरन्तर प्रशिक्षणको व्यवस्था मिलाउन पहल गर्ने आयोजकको उद्देश्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण