ला लिगा
ला लिगामा लेभान्टेमाथि रियल म्याड्रिडको सहज जित
बुधबार, ०८ असोज २०८२, ०४ : २५
सारांश
- रियल म्याड्रिडले लेभान्टेलाई ४-१ गोलले पराजित गर्यो।
- भिनिसियस जुनियर, फ्रान्को मास्टान्टुआनो र किलियन एमबाप्पेले रियलका लागि गोल गरे।
- रियल म्याड्रिडले जितसँगै लिगमा शीर्ष स्थान कायम राख्यो।
काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले लेभान्टेमाथि ४-१ को सहज जित निकालेको छ । नेपाली समय अनुसार बुधबार बिहान सम्पन्न खेलमा रियलका स्टार खेलाडीहरू भव्य प्रदर्शन गर्दै टोलीलाई विजयी बनाए ।
खेलको २८औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि ३८औँ मिनेटमा फ्रान्को मास्टान्टुआनोले अर्को गोल थपे । दोस्रो हाफमा लेभान्टेका एट्टा इयोङले ५४औँ मिनेटमा गोल फर्काउँदै अन्तर घटाए पनि त्यसपछि रियलले पूर्ण नियन्त्रण कायम गर्यो ।
६४ औँ मिनेटमा किलियन एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै अन्तर ३-१ मा पुर्याए भने ६६औँ मिनेटमा अर्को गोल थप्दै स्कोरलाइन ४-१ बनाए ।
लगातार आक्रमणात्मक खेल खेलेको रियलले जितसँगै लिगमा शीर्ष स्थानमा दबदबा कायम राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण